Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रदेश ५ मा ९५ जनामा कोरोना सङ्क्रमण, व्यवस्थापनमा समस्या, छैन आइसोलेशन बेड

रुपन्देही । प्रदेश नं ५ मा कोरोना (कोभिड–१९) संक्रमित बढ्दै गएको छ । जिल्लाका ९५ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आजसम्म रुपन्देहीमा २८, कपिलवस्तुमा ४०, बाँकेमा २५ तथा नवलपरासी र बर्दियामा एकएकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। संक्रमितको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रवक्ता चौधरीका अनुसार बाँकेको सुशील कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । यस्तै बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ र भैरहवाको भीम अस्पतालमा १९ संक्रमितको उपचार भइरहेको छ । रुपन्देहीका एक जना कोरोना संक्रमित भने उपचारपछि निको भई घर फर्किएका छन् ।

अधिकांश संक्रमित रोजगारीका लागि भारत गएका र लुकिछिपी आएकाहरु छन् । बन्दाबन्दीमा पनि रोजगारीका लागि गएकाहरु लुकिछिपी स्वदेश फर्कन थालेपछि प्रदेशका सीमावर्ती क्षेत्र उच्च जोखिममा देखिएका छन् । रुपन्देही, कपिलवस्तु र बाँकेका सीमाबाट अहिले पनि नागरिक भित्रिरहेका छन् । यसबाट यहाँका नागरिकमा त्रास बढेको छ ।

आइसोलेशन बेड अभाव
कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि यहाँ आइसोलेशन बेड अभाव हुने देखिएको छ । प्रदेशका चार अस्पतालमा आइसोलेशन बेड तयार गरिए पनि संक्रमित बढ्दै गएकाले व्यवस्थापनमा समस्या हुने दखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले जानकारी दिए। “संक्रमितको संख्या बढ्यो भने अब राख्न गाह्रो छ । भएका बेड सबै संक्रमित राख्न सकिने खालका छैनन्, थप बेडका लागि प्रक्रिया शुरु भए पनि तयार हुन समय लाग्छ”, उनले भने। तत्कालका लागि सम्बन्धित जिल्लामै संक्रमितको उपचारको व्यवस्था मिलाइने प्रवक्ता चौधरीले बताए ।

प्रदेश सरकारले बुटवलमा आइसोलेशन बेड थप गर्ने प्रक्रिया शुरु गरे पनि समय लाग्ने देखिएको छ । कोरोनाले प्रदेशमा महामारीको रुप लियो भने प्रदेशले थेग्न सक्ने अवस्था नरहेको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था नमूना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौडेल बताउनुहुन्छ । प्रदेशमा बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा, केन्द्रीय आयुर्वेदिक अस्पताल बेलझुण्डी दाङ र सुशी कोइराला प अस्पताल नेपालगञ्जमा कोरोना संक्रमितका लागि २३० आइसोलेशन बेड तयार गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा।उमाशङ्करप्रसाद चौधरीले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या अपुग हुनेमा मन्त्रालय जानकार रहेको बताउँदै बुटवलको धागो कारखानामा २०० शय्या थप्ने तयारी भएको जानकारी दिनुभयो ।
उपचारमा समस्या

बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पताल कोभिड–१९ सङ्क्रमितले भरिएपछि बिरामी राख्न समस्या देखिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापित आइसोलेशन अस्पताल स्वास्थ्य अवस्था सामान्य सङ्क्रमितले भरिएपछि जटिल अवस्थाका बिरामी फेला परे उनीहरुको व्यवस्थापन र उपचारमा समस्या देखिएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले बताए ।

उनले स्वास्थ्यवस्था सामान्य सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा अन्यत्रै व्यवस्थापन गरेर राख्दा पनि समस्या नहुने बताए । हाल नेपालगञ्जका २५ र बर्दियाका एक गरी २६ सङ्क्रमित आइसोलेशन अस्पतालमा भर्ना भएका छन् । कोरोना सङ्क्रमितलाई उपचारकोलागि सुशील कोइराला अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेर ६ शय्या आइयियु र ३ शय्या भेन्टिलेटरसहित ४० शय्या बनाइएको थियो ।

सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत त्यहीँ बस्ने व्यवस्था गरिएकाले अब थप सङ्क्रमितलाई अस्पतालमा राख्न कठिन हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। प्रदेश सरकार, भेरी अस्पताल नेपालगञ्ज र खजुरा गाउँपालिकाको सहकार्यमा खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पताल बनाइएको थियो । भेरी अस्पतालका प्रमुख डा थापाको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन भइरहेका छन् । अहिले उक्त अस्पतालमा १६ स्वास्थ्यकर्मीको टोली सङ्क्रमितको उपचारमा खटिएको डा थापाले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले लायन्स डेन्टल अस्पतालसँगको सहकार्यमा २५ शय्याको आइसोलेशन अस्पताल तयार गरिए पनि सञ्चालन हुन सकेको छैन । त्यहाँ खजुराको जस्तो सुविधा नभएका कारण सङ्क्रमित राखिएको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सङ्क्रमितले आइसोलेशन अस्पताल भरिन लागेपछि थप व्यवस्थापनको आवश्यकता देखिएको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies