Khabar Dabali Logo
  January 23, Sat

विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका सुपरभाइजर दाहालविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा काममा आलटाल गरी सेवाग्राहीसँग रु २० हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

यसैगरी आयोगले भ्रष्टाचारसम्बन्धी मुद्धामा प्रतिकूल बकपत्र गरी आयोगलाई असहयोग गरेको अभियोगमा बल्थली खानेपानी उपभोक्ता समितिका तत्कालीन अध्यक्ष चेतनाथ भारतीविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निज समितिको अध्यक्ष हुँदा समितिको नाममा निकास भएको रकमको काम सम्पन्न भई बिल पास गरिदिएबापत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई घुस दिएको उजुरी आफैँले दिएको र सोही प्रकरणको सुनुवाइका क्रममा उनै भारतीले उजुरी व्यहोराविपरित बकपत्र दिएको आयोगले जनाएको छ । उक्त अनियमितताको मुख्य अभियुक्त इन्जिनिर खनाललाई निजले घुस लिई भ्रष्टाचार गरेको अभियोगबाट छुटकारा गराउने उद्देश्यले प्रतिकूल बकपत्र गरी असहयोग गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले नेपालमा दर्ता नै नभएका भारतीय कम्पनीबाट उत्पादित औषधि र औषधिजन्य पदार्थको आयातका लागि सिफारिस गरी आयातसमेत गराई भ्रष्टाचार गरेको आरोपमा पशु स्वास्थ्य चिकित्सालय त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा बलराम थापाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले आफू तथा औषधि व्यवसायीलाई अनुचित लाभ लिन आफ्नो ओहदा, अधिकार र हैसियत दाबी गर्दै नेपालमा दर्ता नभएको कम्पनीबाट ती औषधि आयातका लागि सिफारिस गरेको आयोगले आरोप लगाएको छ ।

जेठ १ गते, २०७७ - १९:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

काठमाडौँ । अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च...   

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...   

करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९...   

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

कर्णाली । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक...   

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका...   

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु...   
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...   

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...   

१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...   
ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ

ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top