Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

फैलदै बीमा, कृषि र पशुबीमाको दायरा फराकिलो बनाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, पशु बीमाको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले लघु बीमाको दायरा विस्तारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले बीमा समितिको नियामकीय क्षमता बढाउनुपर्नेमा जोड दिँदै स्पष्ट दृष्टिकोणका साथ बीमाको क्षेत्रमा काम गर्नसमेत आग्रह गरे । अर्थमन्त्रीले पछिल्ला दिनमा कृषि तथा पशु बीमाको कार्यक्रमलाई व्यापक बनाउनुपर्ने आवश्यकता बढेर गएकाले त्यसलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले चाँडै बीमा प्राधिकरण ऐन संसद्बाट पारित हुने र बीमाको नियमन तथा व्यवसाय विस्तारले थप व्यापकता पाउने पनि उल्लेख गरे। हाल उक्त विधेयक संसद्को अर्थ समितिमा विचाराधीन अवस्थामा छ । अर्थमन्त्री डा खतिवडाले आफू मन्त्री भएर आएपछि बीमा समितिलाई दिएका सुझावहरु अहिले प्रगति विवरणमा समावेश भएकामा खुसी लागेको उल्लेख गर्दै समितिका कामप्रति सन्तोष व्यक्त गरे ।

उनले समितिलाई समितिका रुपमा नभई नियामक निकायका रुपमा बीमा प्राधिकरणको रुपमा हेर्न चाहेको भन्दै त्यसका लागि बीमा विधेयकलाई छिट्टै निष्कर्षमा लैजाने आश्वासनसमेत दिए । अर्थमन्त्री डा खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा आफू रहेको जानकारी दिँदै बजेटमा बीमा क्षेत्रका केही सुझाव भएमा विद्युतीय माध्यमबाट अर्थमन्त्रालयलाई उपलब्ध गराउनसमेत सरोकार भएका सबैलाई आग्रह गरे ।

उनले बीमाको पहुँच बढाउन नसक्ने भए नयाँ कम्पनी थप्नुपर्नेतर्फ समेत सम्बद्ध निकायलाई विशेष सचेत गराए । अर्थमन्त्रीले बीमाको पहुँच द्रुत गतिमा विस्तार गर्नुपर्ने वर्तमानको आवश्यकता रहेकामा स्पष्ट पार्दै हाल सञ्चालनमा रहेका कम्पनीले त्यस्तो सम्भव नभएमा नयाँ कम्पनी थप्नुपर्नेमा जोड दिए ।

उनले पुनर्बीमा कम्पनीले समेत पुनर्बीमाको दायरा बढाउन सक्नुपर्ने अन्यथा नयाँ पुनर्बीमा कम्पनी खोल्नुपर्ने बताए । मन्त्री खतिवडाले बीमा र पुनर्बीमा कम्पनीले पसल मात्रै थापेर बस्ने अवस्था नरहेकाले बजारको खोजीमा लाग्नुपर्ने बताए ।

तोकिएको काम हुन नसके र बजारको खोजीमा लाग्न नसके निजी क्षेत्रलाई अघि सारेर नयाँ कम्पनी खोल्न बाध्य हुनेसमेत उनको भनाइ छ । अर्थमन्त्री डा खतिवडाले भने, “बीमाको दायरा बढाऔँ, नसके नयाँ संस्था खोलौँ, पुनर्बीमा कम्पनीले पनि सकिन्छ दायरा बढाऔँ नभए नयाँ संस्था खोलौँ ।”

बीमा समितिका अनुसार चालु आर्थिक वर्षको गत फागुन मसान्तसम्म जीवन बीमातर्फ रु ६० अर्ब २२ करोड बीमा शुल्क सङ्कलन भएको छ । जुन गतवर्षको तुलनामा सोही अवधिको तुलनामा ५१।२८ प्रतिशत वृद्धि हो । गत फागुन मसान्तसम्म सबै जीवन बीमा कम्पनीले ८५ लाख ३८ हजार ९५२ बीमालेख बिक्री गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २९।४१ प्रतिशत बढी हो ।

बीमा कम्पनीबाट बिक्री भएका कूल बीमालेखमध्ये १५ लाख ३७ हजार ५८५ वैदेशिक रोजगार म्यादी जीवन बीमा रहेका छन् । निर्जीवन बीमा व्यवसायतर्फ कूल २० कम्पनी छन् । निर्जीवन बीमा कम्पनीले गत फागुनसम्म कूल १६ लाख ३२ हजार ४४१ बीमालेख बिक्री गरेका छन् । जुन गत आवको तुलनामा २२।०३ प्रतिशतले बढी हो । सोमार्फत रु १७ अर्ब ८८ करोड बीमाशुल्क सङ्कलन गरिएको छ । यस्तै पुनर्बीमा कम्पनीतर्फ रु सात अर्ब ५३ करोड ९१ लाख पुनर्बीमा शुल्कबापत भुक्तानी भएको छ ।

यस्तै बाली तथा पशु बीमातर्फ सरकारले ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । चालु आवको पुस मसान्तसम्म रु १४ अर्ब १२ करोड बराबरको बीमाङ्कको रु ६३ करोड ३३ लाख बीमाशुल्क सङ्कलन भएको छ । त्यसमा रु ४७ करोड ४९ लाख सरकारबाट अनुदान प्राप्त हुने क्रममा रहेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

समितिका अनुसार जीवन र निर्जीवन गरी कूल जारी भएका ८० लाख ९९ हजार ५०३ बीमालेखमध्ये लघु बीमाअन्तर्गत १० लाख २६ हजार ७१६ बीमालेख रहेका छन् । लघुबीमाको अंश १२।६८ प्रतिशत हुन आउने समितिको भनाइ छ । बीमा कम्पनीका दुई हजार ९९७ शाखा सञ्चालनमा छन् । बीमा क्षेत्रले कूल दश हजारभन्दा बढी कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । कूल पाँच लाख १९ हजार बीमा अभिकर्तामध्ये दुई लाख छ हजार अभिकर्ता सक्रिय रुपमा रोजगारीमा सहभागी छन् । करिब ४०० बीमा सर्भेयरका रुपमा कार्यरत छन् ।

बीमा क्षेत्रका सबै सरोकारवालाको प्रयासका आधारमा हाल २७ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको छ । बीमाको पहुँच वृद्धि र जोखिममा आधारित पूँजी संरचना तथा जोखिममा आधारित सुपरिवेक्षण कार्य सञ्चालन गरी शुसासन कायम गर्ने कार्यमा समिति लागिपरेको अध्यक्ष चापागाईंले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र नियामकीय निकायहरुको क्षमता र सहयोग विस्तारका लागि एक अर्का निकायबीच समन्वय आवश्यक रहेको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बीमा कम्पनीले पुँजीबजारमा राम्रो हिस्सा ओगटेको र नयाँ बीमा कम्पनीसमेत पुँजीबजारमा सुचीकृत हुने क्रममा रहेको भन्दै यसले पुँजी बजारको विकास र विस्तारमा थप सहयोग पुग्ने धारणा राखे ।

नेपाल बीमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले कोभिड–१९ का कारण बीमा क्षेत्रमा ठूलो असर परेकाले बीमा कम्पनीलाई आयकर र भ्याटमा छुट दिनुपर्ने बताए । उनले बीमा पुलबाट गरिएको कोरोना बीमामा ६६ हजार ८६० जनाको कोरोना बीमा भएको र रु तीन करोड ६३ लाख बीमा शुल्क सङ्कलन भएको जानकारी दिए । जीवन बीमक सङ्घका अध्यक्ष शिवनाथ पाण्डेले जीवन बीमा क्षेत्रमा अहिलेसम्म रु तीख खर्ब ५० अर्बको बीमाशुल्क सङ्कलन गरिसकेको जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies