Khabar Dabali Logo
  June 5, Fri

शाकाहारीलाई कोरोना नलाग्ने हल्ला कति वास्तविक ? यस्तो छ तथ्य

काठमाडौं । पछिल्लो समय केहि सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा अनौठो कुरा भाईरल बन्यो, जसमा शाकाहारी मानिसलाई कोरोना नलाग्ने उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई आधार बनाउँदै प्रचार गरिएको उक्त कुरा मुख्यतः भारतीय सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तामा भाइरल बनिरहेको छ ।

सामाजिक सञ्जालबाट आएको अनि केहि सञ्चार माध्यमबाट प्रचार गरिएको उक्त कुरामा हालसम्म विश्वभर कुनैपनि शाकाहारी मानिसलाई कोरोना संक्रमण नभएको दाबी गरिएको छ ।

सनातनीक हिन्दु संस्कृति सबैभन्दा राम्रो भएको र सनातनीक संस्कृतिलाई मान्ने शाकाहारीमा कोरोना संक्रमण नभएको बताइएको छ । भाइरल बनेको उक्त कुरालाई विभिन्न हिन्दु संगठनहरुले पनि प्रचार गरिरहेका छन् ।

के हो वास्तविकता ?

डब्ल्यूएचओलाई आधार देखाउँदै प्रचार गरिएको उक्त कुरामा खोज गर्दा डब्ल्यूएचओले कुनै पनि ठाउँमा यसबारे कुनै तथ्य प्रस्तुत नगरेको भेटिएको छ । डब्ल्यूएचओका भारतीय प्रतिनिधि सुप्रिया बेजबरुआले चर्चा आएको कुरामा कुनै तथ्य नभएको बताएकी छिन् ।

उनले चर्चीत अन्तराष्ट्रिय सञ्चार माध्यम एएफपीसँग कुराकानी गर्दै शाकाहारी मानिस र कोरोना संक्रमणबीच कुनै सम्बन्ध नरहेको प्रष्ट पारिन् ।

यसैबीच भारतीय चिकित्सकले पनि यसबारे सच्चाई नभएको बताएका छन् । भारतीय मेडिकल काउन्सीलका महासचिवसमेत रहेका डाक्टर आरवी असोकनले शाकाहारी र कोरोनाबीच कुनै सम्बन्ध नरहेको बताए ।

उनले हालसम्म यसबारे कुनै तथ्य फेला नपरेको पनि बताएका छन् । उनले जनाएअनुसार शाकाहारी मानिसलाई पनि कोरोनाको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमबाट

जेठ १ गते, २०७७ - १४:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top