


भ्याक्सिन तयार नहुन्जेलसम्म कोरोनाबाट जोगिन वैज्ञानिकले सुझाए यस्तो विकल्प


-
खबर डबली संवाददाता
-
जेठ १ गते, २०७७ - ११:४३

गत ६ मार्चको दिन जापानमा कोरोना भाइरसबाट २१ जनाको ज्यान गएको थियो भने अमेरिकामा २,१२९ जनाको ज्यान गएको थियो । जुन तथ्यांकलाई हेर्दा अमेरिकामा मृत्यु हुनेको संख्या जापानको भन्दा १० गुणा बढि छ । अमेरिका अहिले लकडाउन खोल्ने तयारीमा छ जबकी जापानले कहिल्यै पनि लकडाउन लगाएन ।
काठमाडौं । हालै वैज्ञानिकहरुले एक अध्ययन गरि एक खास उपायबाट मात्रै कोरोना संक्रमण घटाउन सक्ने निष्कर्ष निकालेका छन् । वैज्ञानिकहरुले उक्त खास उपायबाट ८० प्रतिशतसम्म कोरोनाको संक्रमण फैलिन घटाउन सकिने कुरा दाबी गरेका छन् ।
वैज्ञानिकहरुको एक अन्तराष्ट्रिय समुहले गरेको अध्ययनमा उक्त उपाय नै तत्कालिन समयमा अन्तिम विकल्प पनि भएको बताएका छन् । जसमा एक चीजलाई उनीहरुले सबैभन्दा बढि प्रभावकारी बताएका छन् । यस समय पुरै विश्व विस्तारै–विस्तारै लकडाउन खोल्ने तर्फ अगाडि बढिरहेको छ, यस्तोमा वैज्ञानिकहरुको नयाँ प्रयोग मानिसहरुको लागि निकै महत्वपूर्णं हुनसक्ने बताइएको छ ।
वैज्ञानिकहरुको नयाँ खोजअनुसार कोरोनाको संक्रमणलाई नियन्त्रण लिन मास्क लगाउनु र सामाजिक दुरी कायम राख्नु नै महत्वपूर्णं कदम भएको बताएका छन् । एनबिसि न्यूज रिपोर्टअनुसार भाइरसविरुद्व मास्कको प्रभावशीलता निकै महत्वपूर्ण रहेको उल्लेख छ । जुन निष्कर्षसँगै ह्वाईट हाउसमा पनि कर्मचारीलाई माक्स लगाउन अनिवार्य गरिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो साथमा काम गर्ने सबै नेताहरुलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।
यो अध्ययन क्यालिफोर्निया यूनिभर्सिटीको अन्तराष्ट्रिय कम्प्यूटर विज्ञान संस्थान र हङकङका विज्ञान तथा औधोगिक विश्वविद्यालयका रिसर्च र वैज्ञानिक मोडलमाथि आधारित छ । अध्ययनका प्रमुख शोधकर्ता डाक्टर डेकाई वूकाअनुसार कोरोना संक्रमण बढ्न नदिन माक्स अनिवार्य गर्नु नै अन्तिम विकल्प भएको बताएका छन् ।

जापानले लकडाउन लगाएन तर माक्स छोडेन
गत ६ मार्चको दिन जापानमा कोरोना भाइरसबाट २१ जनाको ज्यान गएको थियो भने अमेरिकामा २,१२९ जनाको ज्यान गएको थियो । जुन तथ्यांकलाई हेर्दा अमेरिकामा मृत्यु हुनेको संख्या जापानको भन्दा १० गुणा बढि छ । अमेरिका अहिले लकडाउन खोल्ने तयारीमा छ जबकी जापानले कहिल्यै पनि लकडाउन लगाएन ।
हाल जापानमा नयाँ संक्रमितको संख्या पनि निकै नै कम छ । जबकि पुरै विश्वमा कोरोनाको संक्रमणदर गुणात्मक रुपमा बढिरहेको छ । यस्तो हुनुको कारण जापानी नागरिकको जीवनशैली महत्वपूर्ण भएको वैज्ञानिकहरुको निष्कर्ष छ । त्यहाँ माक्स लगाउने संस्कृति धेरै पहिलादेखि कायम छ ।

माक्स र सामाजिक दुरी नै अन्तिम विकल्प
अर्थशास्त्री तथा यस अध्ययनमा सहयोग गर्ने इकोले डे गुएरेले माक्स र सामाजिक दुरी नै कोरोनाबाट बचाउन सक्ने अन्तिम विकल्प भएको बताएका छन् । उनले यसको औषधी नबिनरहेको अवस्थामा संक्रमण बढ्न नदिनु नै उपचार भएको बताउँदै त्यसको लागि माक्सको प्रयोग गर्नु र सामाजिक दुरी कायम राख्नु महत्वपूर्णं भएको बताए ।
अन्तराष्ट्रिय पत्रिका वैनिटी फेयरले पनि आफ्नो लेखमा कोरोनाको भ्याक्सिन नबन्ने समयसम्म सामाजिक दुरी र मास्क नै उपचार भएको बताएको छ । वैनिटी फेयरले माक्स लगाउने र सामाजिक दुरी कायम गर्ने कुरालाई बानीको रुपमा विकास गर्नुपर्ने बताएको छ । एजेन्सीबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ६६ हजार भन्दा बढी
- विश्व स्वास्थ्य संगठनका विज्ञलाई कोरोना उत्पत्तिका बारेमा अनुसन्धान गर्न चीनमा आमन्त्रण
- भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने
- फ्रान्समा कोरोना संक्रमितहरुको संख्या घट्दै
- हुम्लाको सिटिजन बैैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी