


बाजुरामा किटको अभावः परीक्षण नै नगरी होम क्वारेन्टाइनमा पठाइयो


-
-
जेठ १ गते, २०७७ - ०९:३१

बाजुरा । बाजुरामा आरडिटी किटको अभाव भएको छ । किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ । १४ दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रुपमा आरडिटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ । तर किट अभावका कारण परीक्षण नै नगरी घर पठाइएको हो ।
जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइनबाट १६० जनालाई आरडिटी परीक्षण नै नगरी घर पठाइएको छ । किट नभएकै कारण बाध्य भएर सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित उनीहरुलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । उनका अनुसार अनिवार्य ¥यापिड जाँच भनिए पनि निर्देशिकाको दोस्रो बुँदामा कुनै लक्षण नदेखिएको, स्वास्थ्य जाँच नियमित गरिएको र किट अभाव भएको अवस्थामा सात दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सक्ने प्रावधान रहेकाले सोही अनुरुप उनीहरुलाई घर पठाइएको छ ।
जिल्लामा किट अभावका कारण दुई सातादेखि ¥यापिड जाँच रोकिएको छ । हालसम्म भारतलगायत अन्य मुलुकबाट एक हजार १६२ नागरिक जिल्ला भित्रिएका छन् । प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि एक हजार ३०० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका एक हजार १६० को आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए।
किट अभावकै कारण कोरोना जाँच हुनसकेको छैन । भारतबाट आएकालाई ¥यापिड जाँचबिना नै पठाइएकाले गाउँमा जोखिम बढ्ने अनुमान गरिएको छ । होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि सबै परिवारसँग अलग कोठाको व्यवस्थापन नहुने र आफन्तसँग भेटघाट गर्ने हुँदा जोखिम देखिएको छ । उसो त क्वारेन्टाइनमा बस्नेको नियमित जाँचसमेत चिकित्सकबाट हुनुपर्ने निर्देशिकामा उल्लेख छ, तर त्यो पनि गरिएको छैन । क्वारेन्टाइनमा बस्नेहरुलाई खानपिन र बसाइको समेत समस्या छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह