बाँके । सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा गाउँका १९, २४ र ३५ वर्षीय युवाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भारतीय क्वारेन्टाइनबाट सङ्क्रमित युवा भागेर नेपाल प्रवेश गरेको जानकारी पाउनासाथ खटिएको स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासी र जनप्रतिनिधिको सहयोग तथा समन्वयमा बुधबार स्वाब सङ्कलन गरेको हो । पन्ध्र दिनदेखि भारत, श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका उनीहरुको परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको थियो । क्वारेन्टाइनबाट भागेर नेपाल प्रवेश गरेका उनीहरु गाउँमै लुकिछिपी बसेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यले बताए।
भारतको महाराष्ट्रमा रोजगारीका क्रममा रहेका तीन युवा घर फर्किनेक्रममा कोरोना सङ्क्रमणको आशङ्कामा १५ दिनदेखि भारत, सिरसिया क्वारेन्टाइनमा रहँदै आएकामा परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोमबार फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा बुधबार भेटिएको वडाध्यक्ष मौर्यको भनाइ छ ।
अध्यक्ष मौर्यले भारतमा मजदूरी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको बताए । बाँकेको दक्षिण पूर्वी ग्रामीण नाका हुँदै भारतबाट आएका तीन सय जनालाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको पनि उनले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: