Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बिओपी स्थापना

दार्चुला । कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको भनेर नेपालभर भारतको चर्को आलोचना भइरहेको वेला सरकारले दार्चुलाको व्यास नगरपालिकास्थित छाङरुमा सीमा पोस्ट स्थापना गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - छाङरु कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्योभन्दा माथि नेपाली भूमि कालापानी, नावी र नावीढाङमा भारतीय फौजका आठ क्याम्प छन् ।

स्थानीय जितसिंह बोहराका घर भाडामा लिएर अहिले बिओपी राखिएको छ । बुधबार बिओपी स्थापना भएपछि छाङरुमा सशस्त्रका इन्स्पेक्टर लिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको जनशक्ति खटिनेछ ।

तर, बुधबार भने त्यहाँ आठजनालाई मात्रै पुर्‍याइएको छ । बाँकी सिपाही बन्दोबस्तीका सामानसहित बिहीबार छाङरु उतारिने सशस्त्रको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

कालापानी क्षेत्रको नेपाली भूभागमा ५८ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले सो क्षेत्रका तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।

नेपाली भूमि अतिक्रमण गर्दै आएको भारतीय फौजले छाङरुभन्दा माथि जान नेपालीलाई निषेध गर्दै आएको छ । त्यसैले नेपालीहरू त्यो क्षेत्र जाने अन्तिम यही हो ।

सशस्त्रको बिओपी पहिलोपटक स्थापना भए पनि यो छाङरुको सीतापुलमा र त्योभन्दा १२ किलोमिटर पूर्व ९चीन० तर्फ टिंकरस्थित छियालेकमा नेपाल प्रहरीको चौकी छ । तर, हिउँदमा चिसो बढ्दै गएपछि माथिको प्रहरी चौकीका जनशक्ति तल झर्दछ ।

चिसो बढ्न थालेपछि छियालेकका प्रहरी सीतापुल आउँछन् । चिसो अझै बढेपछि दुवै चौकीका प्रहरी ४३ किलोमिटर तल राप्लाको दुम्लिङ झर्छन् । दुम्लिङमा प्रहरी नायब निरीक्षक ९सइ०को कमान्डमा प्रहरी चौकी छ ।

दुम्लिङभन्दा तल हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेवमा नेपाल प्रहरीका चौकी छन् । अझै तल सदरमुकाम खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन् ।

यसरी कालापानीबाट १२ किलोमिटर तल छाङरु, त्यहाँबाट ४३ किलोमिटर तल दुम्लिङ पर्छ । त्यस्तै दुम्लिङबाट १३ किलोमिटर तल धौलाकोट र धौलाकोटबाट नौ किलोमिटर तल हुती र हुतीबाट चार किलोमिटर तल हिकिलामा पनि प्रहरी चौकी छ ।

हिकिलाबाट १० किलोमिटर तल ब्रह्मदेवको दुहु र दुहुबाट १० किलोमिटर तल दार्चुला सदरमुकाम खलंगा पर्छ । यसरी नेपालले दार्चुला सदरमुकाममाथि छियालेकसम्म सात ठाउँमा प्रहरी चौकी राखेको छ ।

उता भारतले भने दार्चुदा सदरमुकामपारि धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म १५ स्थानमा २८ क्याम्प बनाएको छ । २० क्याम्प भारततर्फ छन् भने नेपालको कालापानी क्षेत्रको तीन ठाउँ गुन्जी, कालापानी र नावीढाङ आठ क्याम्प राखिएको छ ।

भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुन्जी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी ९इन्डो–टिबेतियन बोर्डर पुलिस०, एसएसबी र भारतीय सेनाका दुई गुल्म छन् । कालापानीबाट लिम्पियाधुरातर्फ नावीढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छ ।

गुन्जी, कुटी र नावी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । वरिष्ठ पत्रकार तथा सरकारका तत्कालीन अफिसर भैरव रिसालले नै ०१८ सालमा जनसंख्या गणना गरेका थिए । ती नेपाली बस्ती हुन्, तर भारतले कब्जा गरेकाले नेपाल र त्यहाँका बासिन्दाबीच संवाद अवरोध भएको छ ।

बिओपी स्थापनासँगै नेपाल प्रहरीको टोलीलाई पनि बिहीबार कार्यक्षेत्रमा पठाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमबहादुर विष्टले बताए । ‘चिसोका कारण टिंकर छियालेक र सीतापुल चौकीका प्रहरी तल झरेका थिए ।

अब चिसो कम भए पनि बाटोको समस्या हुँदा अहिलेसम्म प्रहरी पठाउन सकिएको थिएन, अब सेनाको हेलिकोप्टरबाट चौकीमा जवानहरू पठाउने तयारी भइरहेको छ,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies