Khabar Dabali Logo
  January 23, Sat

सुनौली नाकाबाट पाँच सय नेपाल भित्रिए, अझै सीमामै दुई हजार

रुपन्देही । भारतमा लकडाउनमा केही खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली स्वदेश आउने क्रम तीव्र रूपमा बढेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – यसैक्रममा बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । स्वदेश प्रवेश गर्ने नेपालीले भारतीय क्वारेन्टाइनमा २५ दिन पूरा गरेका छन् ।

स्वदेश भित्रिएकामध्ये सिद्धार्थ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा दुई सय ७० र तिलोत्तमा नगरपालिकाका क्वारेन्टाइनमा दुई सय ३३ जनालाई राखिएको छ ।

बेलहिया नाकामा दैनिक सयौं नेपाली आउने गरेका छन् । अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिएका छन् । स्थानीय तहहरूसँग समन्वय गरेर प्रवासी नेपालीलाई प्रवेश गराइने भएको छ ।

स्थानीय प्रशासनले प्रक्रिया पूरा गरेर बुधबार करिब एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको थियो । तर, क्वारेन्टाइन अभावमा पाँच सयलाई मात्र प्रवेश गराइएको हो ।

तीन दिनअघि रुपन्देहीका सबै स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा भारतबाट आएका प्रवासी नेपालीलाई ल्याएर राख्ने सहमति भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले सीमा नाकाबाट नेपाली ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताए । ‘सबै तयारी सकिएको थियो, अन्तिममा क्वारेन्टाइन अभाव भयो, थप क्वारेन्टाइन व्यवस्थापन गरेपछि दुई–तीन दिनभित्र ल्याइनेछ,’ उनले भने ।

रुपन्देहीमा बुधबारदेखि सुरक्षामा थप कडाइ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा सहज रूपमा आवतजावतमा रोक लगाइएको छ । अन्य दिन विभिन्न काममा हिँड्ने गरिए पनि बुधबार भने पूर्ण रूपमा कडाइ गरिएको थियो ।

दशगजामा रोकिएका ७० भन्दा बढी नेपाली नवलपरासी भित्रिए

नेपाल–भारत सीमा दशगजामा रोकिएकामध्ये ७० जनाभन्दा बढी नेपाली पश्चिम नवलपरासी प्रवेश गरेका छन् । सुस्ता गाउँपालिकाले उनीहरूलाई प्रवेश गराएको हो । बुधबार स्वदेश प्रवेश गरेका ७० भन्दा बढी नेपालीलाई सुस्ता गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

देश छिर्ने आसमा सीमामा बस्दै आएका प्रवासीलाई नेपाली र भारतीय बस्तीका स्थानीयले खाना खुवाउँदै आएका थिए । उनीहरूको अवस्था नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

भारतमा छिटपुट रूपले रेल र सरकारी बस चल्न थालेपछि विभिन्न सहरमा रहेका नेपालीहरू घर फर्कन दशगजामा जम्मा भएका थिए । कोरोनाको सुरक्षा सतर्कताअन्तर्गत दुई देशको नाका सिल भएका कारण सयौँ नेपाली दशगजामा अड्किएका हुन् । उनीहरू सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवालगायत सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए ।

नवलपुरमा पनि संक्रमणको जोखिम बढ्यो

पूर्वी नवलपरासीमा भारतबाट २१ जना आएका छन् । बौदीकाली गाउँपालिकाका १५, कावासोती नगरपालिकाका दुई र देवचुली नगरपालिकाका एकजना छन् । त्यसैगरी तनहुँको घिरिङ गाउँपालिकाका तीन जना छन् ।

उनीहरू रुपन्देहीको नाकाबाट लुकेर नेपाल छिरेको बताइएको छ । पूर्वी नवलपरासी प्रवेश गरेका २१ जनालाई क्वारेन्टाइनमा राखिएको र दुई दिनपछि उनीहरूको स्वाब संकलन गरेर कोरोना जाँच गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । भारतको बनारसबाट आएका उनीहरूसँगै नवलपुरमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

जेठ १ गते, २०७७ - ०६:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   

माघ १४ बाट कोरोना खोप लगाइने

काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...   

प्रधानमन्त्रीलाई गालीको वर्षा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...   

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...   

ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब

प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...   

कांग्रेसमा जुटेन सहमति

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...   

खोपको सहज पहुँच कहिले ?

चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को...   

प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु

काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड...   

कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...   

सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top