


पाकिस्तानमा एकैदिनमा दुई हजार कोरोना सङ्क्रमित थपिए


-
-
बैशाख ३१ गते, २०७७ - १९:५९

इस्लामावाद । पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक बढेको अधिकारीहरुको भनाई छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो ।
पछिल्लो समयमा दुई हजार २५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण थप ३१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ७३७ को छ ।
पाकिस्तानमा अहिलेसम्म ३४ हजार ३३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरी सङ्क्रमित मध्ये सवैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जावमा कुल १३ हजार २२५ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६१० जना रहेका छन् ।
त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार १५८ जना, इस्लामावादमा ७५९ जना, गिल्गिट बाल्टीस्टानमा ४७५ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
कुल सङ्क्रमित मध्ये आठ हजार ८१२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।अघिल्लो हप्तादेखि सङ्क्रमितको संख्या दिनप्रतिदिन अत्यधिक धेरै बृद्धि हुदै गएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।
लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उलंघन हुनु लगायतका कारणले सङ्क्रमितहरुको संख्या बढ्दै गएको उनीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विषेश उडान मार्फत पाकिस्तानले ३७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो । यसअघि गत अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत् चार हजार ३४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- नागरिक एप नेपाल टेलिकमका मोबाइल ग्राहकहरुले सजिलै प्रयोग गर्नसक्ने
- खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
- फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम