Khabar Dabali Logo
  January 16, Sat

काँग्रेस नेता त्रिपाठीको निधन

पोखरा। समाजसेवी एवं नेपाली काँग्रेस कास्कीका नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । विसं २०१७ मा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका त्रिपाठी २०२८ सालमा तत्कालीन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए ।

साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेएका उनले राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेका कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।

समाजमा निष्ठावान् र त्यागी व्यक्तिको पहिचान बनाएका उनका तीन छोरा र तीन छोरी छन् । सामाजिक क्षेत्रमा लामो समय योगदान पुर्याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्बन्धित पुस्तक प्रकाशित गर्ने तयारी गरिए पनि बन्दाबन्दीका कारण स्थगित गरिएको नेपाली काँग्रेस कालिकाका पूर्वसभापति भानु ढकालले जानकारी दिए ।

स्व त्रिपाठीको पार्थिव शरीर आजै पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्वजिल्ला सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

बैशाख ३१ गते, २०७७ - १९:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...   

सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...   

अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...   

झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु

बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको...   

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका...   
राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

कम्पाला । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी...   

मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क...   

आज गण्डकीमा एक सय ४० सङ्क्रमित, चार जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top