Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चिनियाँ वैज्ञानिकको रिसर्च : कोरोनासँग लड्न मानव शरिर आफैं तयार भईरहेको छ

काठमाडौं । कोरोना भाइरसबाट मुक्त भईरहेका ९५ प्रतिशत बिरामीमा एन्टीबोडी विकसित भईरहेको चिनियाँ सोधकर्ताले बताएका छन् । शोधकर्ताका अनुसार उपचारको एक हप्तापश्चात ४० प्रतिशत कोरोना पीडित र दुई हप्तापश्चात ९५ प्रतिशत कोरोना पीडितमा एन्टीबोडीको विकास भएको भेटिएको छ ।

एन्टीबोडीले व्यक्तिको इम्यूनिटीलाई मजबुद बनाउने गर्दछ । चिनियाँ वैज्ञानिकहरुले चोंगकिंग मेडिकल यूनिभर्सिटीमा कोरोना मुक्त भएका २८५ मानिसमाथि एन्टीबोडीको विकासबारे अध्ययन गरेका थिए ।

\"Can

रिसर्चका मुख्य ५ कुरा

१. सोधकर्ताको भनाई छ कि, कोरोना मुक्त भएका बिरामीको रगत जाँच गर्दा उनको शरिरमा एन्टीबोडी यानी इम्यून कोशिकाहरु विकसित भएको पाइयो । यो पनि दुई किसिमको छ, पहिलो इम्यूनोग्लोब्यूलिन–एम र दोस्रो इम्यूनोग्लोब्यूलिन–जी ।

२. संक्रमण भएसँगै मानव शरिरमा इम्यूनोग्लोब्यूलिन–एम विकसित हुने गर्दछ र त्यसले मानव शरिरलाई खतराबाट बचाउन प्रयास गर्नेछ । रिसर्चअनुसार पहिलो हप्तामा ४० प्रतिशत बिरामीमा इम्यूनोग्लोब्यूलिन–एम विकसित हुने गरेको भेटियो ।

३. रिसर्चअनुसार कोरोना पीडितको जाँच जारी छ । दुई हप्तापश्चात ९५ प्रतिशत बिरामीको शरिरमा इम्यूनोग्लोब्यूलिन–एम पनि विकसित भएको भेटिएको छ । मुख्य कुरा बिरामीमा इम्यूनोग्लोब्यूलिन–जी पनि विकसित भएको भेटियो जुन तयार हुन निकै लामो समय लागे पनि त्यसले मुख्य रुपमै संक्रमणबाट बचाउन भूमिका खेलेको पाइयो ।

४. शोधकर्ताको भनाई छ कि, एन्टीबोडीले कति दिनमा फेरि कोरोना संक्रमणबाट बचाउँछ भन्ने बारे भने अध्ययन जारी नै छ । रिसर्च रिपोर्टको निष्कर्षअनुसार एक पटक कोरोना पीडित बनेको मानव शरिर पुनः कोरोनासँग लड्न आफैं पनि सिखिरहेको छ ।

५) शोधकर्ताका अनुसार कोरोना संक्रमित एक आमा छोरीमा गरिएको अध्ययनअनुसार दुवैमा २० दिनभित्रमा एकै खालको इम्यूनिटी क्षमताको विकास भएको भेटिएको छ ।

के हो एन्टीबोडी ?

यो प्रोटीनबाट बनेको विशेष खालको इम्यून कोशिका हो जसलाई बी–लिम्फोसाइट पनि भन्ने गरिन्छ । जब शरिरमा कुनै बाहिरी चीज प्रवेश गर्दछ त्यस समय इम्यून कोशिका अलर्ट हुने गर्दछ ।

ब्याक्टेरिया तथा भाइरसको विषालु पदार्थलाई निष्क्रिय बनाउन यही एन्टीबोडीजले काम गर्दछ । यस तरिकाले शरिरलाई प्रतिरक्षा गर्दै हरेक खालका रोगका असरलाई कमजोर बनाउने गर्दछ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies