Khabar Dabali Logo
  January 28, Thu

कोरोनाबारे विशेष खोज : मानव शरिरमा लुक्न कोरोनाले आफुँलाई गरिरहेको छ परिवर्तन

काठमाडौं । विश्वभरका वैज्ञानिक कोरोना भाइरसको उपचारको खोजीमा निरन्तर लागिरहेका छन् । वैज्ञानिकहरु कोरोनाविरुद्व भ्याक्सिन बनाउन निरन्तर प्रयासमा छन् । वैज्ञानिकहरुले बनाएको भ्याक्सिनको पनि पटक–पटक परिक्षण गरिरहेका छन् ।

यस बीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबारे अनौठो खोज रिपोर्ट सार्वजनिक गरेको छ । पत्यार नलाग्ने रिपोर्टमा कोरोनाले निरन्तर आफुँलाई परिवर्तन गरिरहेको उल्लेख छ । ६२ देशमा ५३ सय बिरामीमा गरिएको परिक्षणमा यस्तो भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

वैज्ञानिकले बताएअनुसार इटलीमा कोरोनाको फरक–फरक लक्षण देखिएको थियो । वैज्ञानिकहरुले इटलीमा देखिएको घटनासँगै कोरोनाले मानव शरिरमा लुक्नको लागि आफुँमा निरन्तर बदलाव गरिरहेको बताएका छन् ।

मुल स्वरुपमा भने बदलाव छैन्

कोरोना भाइरसले हर देश र परिस्थिति अनुसार आफुँलाई फरक–फरक बनाईरहेको छ । पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेको देश भारतमा ५२ सीक्वेंस कोरोनाको जीनोमको पहिचान गरिएको छ । यसै गरि अन्य देशमा पनि हजारौं स–साना बदलाव यसको जीनोम सीक्वेंसमा भएको छ ।

चीनबाट फैलिएको कोरोना विश्वका २०२ देशमै फैलिएको छ । तर यसको मुलस्वरुप भने चीनमा देखिएको जस्तै छ । वैज्ञानिकहरुको भनाई छ कि जीनोम सीक्वेंसको संख्या दस हजारभन्दा पनि बढि हुनसक्छ ।

के हो जीनोम सीक्वेंस ?

कोरोना भाइरस २९,९०३ न्यूक्लियोडाइट्स (जैविक पदार्थ) या न्यूक्लियसबाट बनेको छ । कोरोना भाइरसको बाहिरी तहमा स्पाइक (एस) प्रोटिनले भरिएको छ । यो नै यसको मुल ढाँचा हो । तर यसले भित्रि भागमा भने लगातार बदलाव गरिरहेको छ ।

२९ हजारभन्दा बढि न्यूक्लियोडाइट्समा निरन्तर परिवर्तन भईरहेको छ । बाहिरी ढाँचा उस्तै देखिए पनि भित्रि भागमा निरन्तर बदलाव छ । यही संरचनालाई नै जीनोम सीक्वेंस पनि भन्ने गरिन्छ । एजेन्सीबाट

बैशाख ३१ गते, २०७७ - १५:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top