


अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउन प्रस्ताव, कोरोना भाइरस फैलाएर विश्वलाई संकटमा पारेको आरोप


-
-
बैशाख ३१ गते, २०७७ - १४:२१

काठमाडौं । अमेरिका र चीनबीचको द्वन्द्व आगामी समय झनै बढ्ने देखिएको छ । बीबीसीले जनाएअनुसार चीनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकाको सीनेटमा पुगेको छ । रिपब्लिकन सांसदहरुले मंगलबार यस्तो प्रस्ताव ल्याउँदै चीनमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् ।
प्रतिबन्धको प्रस्ताव ल्याउने रिपब्लिकन सांसदहरुले चीनले कोरोनाबारे जानकारी लुकाएर विश्वलाई नै संकटमा पुर्याएको आरोप लगाएका छन् । प्रस्तावमा उनिहरुले चीनले गरेको धोखाबाट विश्वभर लाखौं मानिसको ज्यान जाने अवस्था आएको बताएका छन् ।
पुरै विश्वलाई चीनले जबाफ दिनुपर्छ : ओब्रायन
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले कोरोनाको बारेमा चीनले विश्वलाई जवाफ दिनुपर्ने बताएका छन् । उनले भाइरस चीनको बुहानबाट फैलिएको भन्दै महामारीको जिम्मा लिनुपर्ने बताए ।
सञ्चारमाध्यमसँग कुराकानी गर्दै ओब्रायनले चीनले चाहेको भए कोरोना भाइरसलाई रोक्न सक्ने अवस्था भएको बताए । उनले चीनमा कोरोना भाइरस देखिँदै गर्दा अमेरिकाले सहयोग गर्न प्रस्ताव राख्दा अस्विकार गरिएको जनाए । उनले कोरोना भाइरसबारे अमेरिकाले शुक्ष्म अध्ययन गरिरहेको पनि बताएका छन् ।
कोरोना भाइरसबाट विश्वभर २.५० लाखभन्दा बढिको मृत्यु भइसकेको छ । यो प्राणघातक भाइरसबाट ४० लाखभन्दा बढि मानिस संक्रमित भएका छन् । कोरोनाबाट विश्वमा सबैभन्दा बढि अमेरिका प्रभावित भएको छ । अमेरिका मात्रै कोरोनाका १४ लाखबढि संक्रमित छन् भने ८० हजार बढिले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- आँबुखैरेनीमा एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान शुरु
- भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ
- बस दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते