


राप्ती विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा शुरु गर्न मुख्यमन्त्रीको निर्देशन


-
-
बैशाख ३१ गते, २०७७ - १३:४१

दाङ । मुख्यमन्त्री शङ्कर पोखरेलले आज दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकासको लागि सबैखाले सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए। उनले प्रतिष्ठानले कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको बताउँदै प्रतिष्ठानमा चिकित्सा शिक्षा पनि शुरु गर्र्न निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले अस्पतालको विकास र हितका लागि गुरुयोजनासहित आएमा प्रतिष्ठानलाई पर्याप्त बजेट उपलब्ध गराइने प्रतिबद्धता व्यक्तसमेत गरेका छन् । मुख्यमन्त्री पोखरेलले आज प्रतिष्ठानको १० शय्याको आइसियुको उद्घाटनसमेत गरेका थिए ।
प्रतिष्ठानका उपकुलपति सङ्गीता भण्डारीले प्रतिष्ठानले हाल गरेको कोरोना नियन्त्रणसम्बन्धी कामकारवाहीबारे जानकारी दिँदै प्रतिष्ठानको विकासका लागि थप बजेट माग गरे। बालरोग विशेषज्ञ डा किशोर खत्रीले नवजात शिशु र बाल उपचार, कक्ष र सघन उपचार कक्षबारे बताए । प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रल्हाद कार्की र कामु रजिष्ट्रार कैलाश देव र डिन वसन्त लामिछानेले पनि प्रतिष्ठानका कामबारे जानकारी दिए। मुख्यमन्त्री पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको निरीक्षण गरेको अस्पतलाका मेसु डा सर्वेश शर्माले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको...अब हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट...बजारमा सुनको मुल्य घट्यो, आज तोलाको कति छ ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको...लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने...सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज...प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली...
