Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भक्तपुरमा कोरोना पुष्टि भएका सशस्त्र प्रहरी र नर्सः यी दुई बस्तीमा सील

भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ । काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए ।

सङ्क्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रामेछाप घर भएका सशस्त्र प्रहरी केही दिनअघि सिन्धुपाल्चोक हुँदै भक्तपुर, चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित कोठामा आएको पाइएको जानकारी दिए ।

रामेछाबाट आएपछि सशस्त्र प्रहरी अस्पतालमा स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र नतिजा पोजेटिभ आएपछि उनको मङ्गबारदेखि टेकु अस्पतालको आइसोलेशनमा उपचार शुरु भएको प्रजिअ पाण्डेले बताए ।

महानगरीय प्रहरी परिषरसहितको टोलीले कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार एवं उनी सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम शुरु भएको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

परिवारका अन्यको पनि कोरोना परीक्षणको काम शुरु भएको छ । त्यसैगरी २५ वर्षीया कोरोना संक्रमित महिला सुनसरीबाट मोटरसाइकलमा पास बनाएर यही वैशाख २९ गते भक्तपुर आई मध्यपु्रथिमि शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर बसेको पाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएका उनी ललितपुरमा रहेको आरोग्य फाउण्डेशनको निदान अस्पतालमा कार्यरत छन् । उनी झुम्कामा तीन दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेट्न आएको हो भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।

महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुन सक्ने अनुमान गरिएको छ । । मोटरसाइकलको पास बनाएर आएकी सङ्क्रमित महिलासंँग आउने पुरुष सुनसरी नै फर्किएका छन् । उनीहरु बाटामा कहाँ कहाँ कोकोसंग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।

उनी आफै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमित पाइएपछि मङ्गलबारदेखि टेकु अस्पतालको आइसोलोशनमा भर्ना गराई उपचार शुरु भएको प्रजिअ पाण्डेले जानकारी दिए। उनी बसेको घरका मानिस र सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण शुरु गरिएको छ ।

संक्रमित महिलासंँगै बसेकी नर्स भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहेको खुलेको छ । उक्त अस्पतालमा आकस्मिक कक्षमा कार्यरत नर्सलाई आजै भक्तपु्र अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ । उनलाई भक्तपुर अस्पतालकै आइसोलेशन वार्डमा राखिएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले नर्सलाई भक्तपुर अस्पतालमा स्वाब संकलन गरी आइसोलेशनमा राखिएको पुष्टि गरे ।

मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स यही वैशाख २६ गतेदेखि काममा नगएकाले अस्पतालमा संक्रमणको जोखिम नरहेको अनुमान गरिएको छ । आज बिहान ११ः३० बजेसम्म मानव अंग प्रत्यारोपण केन्द्रमा राति काममा रहेका नर्सलाई अस्पताल बाहिर जान नदिएको र उनीहरुको कोरोना परीक्षण गर्ने या नगर्ने भन्ने बारेमा अन्योल भइरहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।

यसैबीच कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोकस्थित बस्ती प्रहरीले आज बन्द गरेको छ । प्रहरी उपरीक्षक प्रधानले करीब २० घर रहेको उक्त बस्तीलाई सिल गरेर नेपाल प्रहरीकै सुरक्षा गस्ती खटाइएको जानकारी दिए । सिल गरिएको बस्तीमा कसैलाई आउन र जान दिइएको छैन । त्यसैगरी सङ्क्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ । बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उहाँले जानकारी दिए । उनको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies