Khabar Dabali Logo
  January 28, Thu

स्पेनमा ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त

म्याड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकि छिन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकि छिन्।

अमेरिकामा जन्मिनु भएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उहाँ विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएका थिए। उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल हुनुभएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताए । उनले भने, “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उनको नतिजा नेगेटिभ देखिएको थियो ।”

तीन सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसन ९एकान्तबास० मा राखिएको थियो । उनको देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो । क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताएका छन् ।

एक जना कर्मचारीले यति दिर्घ जीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले भने, “म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।”

यस केएर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताए।

मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उनी स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित छन् ।

मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो । उहाँका स्पेनी बुबा अमेरिकामा पत्रकारिता थिए ।

मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्केका थिए । उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएका थिए ।

स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् ।एएफपी

बैशाख ३१ गते, २०७७ - १२:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रवीण थापामगरको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक...   

अचम्म मान्नु पर्दैन संसद् विघटन परम्परा हाे : मन्त्री भट्ट

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका...   

देशका विभिन्न १४ शहरमा वल्र्डलिङ्कले डेटा सेन्टर बनाउने

काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेशनले देशका विभिन्न...   

प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र...   

अबको केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य हुन्छ र नेपाली जनता विजयी हुनेछन् : प्रचण्ड

बुटवल । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको अबको केही महिनाभित्रै...   

प्रचण्डलाई चितवनमा चुनाव हामीले जिताएको हो : प्रधानमन्त्री ओलीे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव आफुहरुले जिताएको...   

ओलीले गल्ती स्वीकारेमा एकता सम्भव छ : योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट...   
लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग

लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग

जनकपुरधाम । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । ।...   

ठगी मुद्दामा अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी

काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई...   

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ। आयोगले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top