Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

न्यूजील्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्

बैंकक । न्यूजील्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन पछिल्लो स्वास्थ्य विवरणले निकै हौसला दिएको बताए।

न्यूजील्यान्डमा अधिकांश व्यवसाय, मलहरु, खुद्रा पसलहरु तथा रेस्टुराँहरु बुधबार मध्यरातदेखि खुला हुँदैछन् । तर सामाजिक दूरीका नियमहरु भने लागू हुनेछन् भने १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्धहरु लगाइनेछ ।

सरकारले बिहीबार वार्षिक बजेट पनि सार्वजनिक गर्दैछ । प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोनाभाइरसका कारण मुलुकले सर्वाधिक ठूलो आर्थिक चुनौतीको सामना गर्नु परेको बताए ।

यसैबीच, दक्षिण कोरियाले कोरोनाभाइरसबाट नयाँ संक्रमित भेटिएको जनाउँदै सामाजिक दूरी सम्बन्धी हालको व्यवस्थालाई तत्काल खुकुलो पार्ने कुनै योजना नरहेको जनाएको छ ।

उपस्वास्थ्य मन्त्री किम गाङ–लिपले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक देखिएको कोरोना संक्रमणको विस्तृत अध्ययन गरेपछि मात्र उपयुक्त निर्णय लिइने स्पष्ट गर्नुभयो ।

कोरियामा प्रतिदिन ३० जनामा कोरोना देखिए पनि पछिल्ला दिनहरुमा यो १० जनाभन्दा कममा आइपुगेको थियो । यहीकारण विद्यालयहरु पुनः खोल्न ढिलाई गरिएको छ भने राजधानी सियोल वरपरका रात्रिक्लबहरु अस्थायी रुपमा बन्द गरिएका छन् ।

कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बुधबार दक्षिण कोरियामा २६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरियामा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १० हजार ९६२ पुगेको छ भने २५९ जनाको मृत्यु भएको छ ।

उता चीनमा बुधबार सात जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये उत्तरपूर्वी जिलिन प्रान्तका छ जना रहेका छन् । नयाँ संक्रमित देखिएसँगै जिलिनका अधिकारीहरुले कोरोना देखिएको क्षेत्रसँग अरु भाग जोड्ने रेलसेवा बन्द गरिएको जनाएका छन् ।

चीनमा पछिल्लो विवरणसँगै कूल संक्रमितको संख्या ८२ हजार ९२६ पुगेको र ४ हजार ६३३ जनाको ज्यान गएको छ । तर अधिकाँश संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

मंगलबार चिनियाँ संचार माध्यमहरुले सर्वप्रथम कोरोनाभाइरस देखिएको उहानका सबै बासिन्दाको स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको बताएका छन् । मध्य चीनको औद्योगिक शहर उहानमा करिब १ करोड १० लाख मानिसको बसोबास छ । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies