


क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण


-
-
बैशाख ३१ गते, २०७७ - ०९:५२
प्युठान । यहाँका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका अनुसार ६७ स्थलका क्वारेन्टाइनमा रहेका ६०९ जनालाई औषधि दिइएको हो । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयको वैशाख १५ गते सम्पन्न बैठकको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी गरिएको स्रोत सामग्री–२०७७ अन्तर्गत रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शिशिर पोख्रेलले जानकारी दिए ।
प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङबाट प्राप्त र आयुर्वेद स्वास्थ्य केन्द्रले निर्माण गरेका अमला, गुण्डुची, यष्ठिमधु, निम, हर्रो, पाषणवेदलगायत चूर्ण क्वारेन्टाइनका व्यक्तिलाई वितरण गरिएको हो । प्रशासन,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मनोविमर्श परामर्शकर्ता, योग प्रशिक्षण केन्द्रका प्रतिनिधिलगायतको उपस्थितिमा अभिमुखीकरण गरी औषधि दिइएको हो । क्वारेन्टाइनमा रहेका सुत्केरीलाई सतावरी चूर्ण तथा दशमूल तेलका साथै ज्येष्ठ नागरिकलाई अश्वगन्धा चूर्णसमेत प्रदान गरिएको छ ।
मल्लरानी गाउँपालिकाका ४९, झिमरुक गाउँपालिकाका ८७, गौमुखी गाउँपालिकाका ११४ , स्वर्गद्वारी नगरपालिकामा ७३ र माण्डवी गाउँपालिकाका ४९ जना क्वारेन्टाइन छन् । त्यसैगरी प्युठान नगरपालिकामा १५८, ऐरावती गाउँपालिकामा २६ र सरुमारानी गाउँपालिकामा १८ जनालाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ । क्वारेन्टाइनमा रहेका चार सुत्केरी र सात ज्येष्ठ नागरिकलाई पनि औैषधि वितरण गरिएको निमित्त प्रमुख पोख्रेलको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...
