


भारतीय कन्टेनरले कोरना महामारी फैलाउन सक्ने त्रास


-
-
बैशाख ३१ गते, २०७७ - ०९:४४

भैरहवा । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय हुँदै छ हजार पाँच सयभन्दा बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ ।
यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको बेलहियाका इरफान वारिसले बताए। भारतबाट आउने चालक तथा सहचालकबाट कोरोना संक्रमण फैलिन नदिन भन्सार एजेन्टसँंग स्थानीय नागरिकले छलफल गरे पनि कुनै निर्णय हुन नसकेको बेलहिया गाउँ समाजले जनाएको छ ।
जोखिम न्यूनीकरण गर्न प्रशासन तथा सरकारले ठोस निर्णय लिनुपर्ने गाउँ समाजका सदस्य रमेश थापाले बताए । भारतबाट आउने चालक तथा सहचालकलाई सामान्य स्वास्थ्य जाँच गर्ने र ट्रक तथा कन्टेनरमा स्यानिटाइजर छर्कने काम गरिए पनि अरु उपाय अवलम्बन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले जानकारी दिए ।सीमा नाकामा अलपत्र नेपालीलाई सुरक्षितसाथ ल्याएर क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँचको व्यवस्था मिलाउन र ट्रक तथा कन्टेनरलाई भन्सार विन्दुमै रोक्न स्थानीयवासीले माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको...लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले...भारतसँगको सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
सर्लाही । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी...एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन...अध्यक्ष प्रचण्डका राजनीतिक गुरुको निधन
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक...११ हजार ७८० खोप कर्णाली प्रदेश आइपुग्यो, भोलीबाट लगाउन शुरु
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश...बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...
