Khabar Dabali Logo
  January 26, Tue

लागु औषधसहित तीन जना पक्राउ

लम्की । कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ पर्नेमा जानकी–६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, जानकी–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर–१ का २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले से४प ५४४७ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।

टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ । प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पाँचदेखि १० वर्षसम्म कैद र रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने प्रावधान रहेको जानकारी दिए ।

भट्टले पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार र सेवन नियन्त्रणमा कडाइ गरेको बताउनुभयो । प्रहरीले बालबालिका तथा युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन विद्यालयस्तरमा र टोलटोलमा जनचेतना जगाउन जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । “हामीले हजारौँ विद्यार्थीलाई लागुऔषध दुव्र्यसनबाट कसरी बच्ने भन्नेबारे जनचेतना फैलाएका छौँ”, प्रहरी नायब उपरीक्षक भट्टले भने, “हरेक बस्ती–बस्तीमा समेत कार्यक्रम गर्ने गरेका छौँ, दुव्र्यसनी न्यूनीकरणका लागि अभिभावकलाई सचेत बनाउने अभियान हो ।”

बैशाख ३१ गते, २०७७ - ०९:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...   

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...   
दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...   

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...   

ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top