काठमाडौं । काठमाडौंका फेरि एकजना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार राति पुष्टि भएका संक्रमित २६ जनामध्ये एक जना काठमाडौं उपत्यकाकी महिला हुन् । उनी चन्द्रगिरी नगरपालिकाकी ३३ वर्षिय महिला रहेको खुलेको छ ।
त्यस्तै, मंगलबार राति नै भक्तपुरमा दुईजना संक्रमित फेला परेका छन् । भक्तपुरका संक्रमित एक २५ वर्षिया महिला र २७ वर्षिय पुरुष रहेका छन् । मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला तीन दिनअघि सुनसरीको झुम्काबाट आएकी खुलेको मन्त्रालयका सहायक प्रवक्ता डा.समीर अधिकारीले बताए । उनी नर्स हुन भने ठिमीस्थित अर्की एक नर्स साथिको कोठामा बसेको खुलेको छ ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ । उनी सशस्त्र प्रहरीका जवान हुन भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री भिम रावलको सुरक्षामा खटिएका थिए । तर उनी १ महिनादेखि विदामा बसेका थिए । तर उनमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन ।
काठमाडौं र भक्तपुरका तीनैजना संक्रमितको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
यसअघि काठमाडौंका संक्रमित पाँचै जना निको भइसकेका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंलाई कोरोना बिरामीमुक्त घोषणा गरेका थिए ।
भक्तपुरमा भने पहिलो पटक मंगलबार राति कोरोना संक्रमित फेला परेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: