Khabar Dabali Logo
  January 20, Wed

संक्रमित बढ्दै, आइसियूमा राखिने कोरोना संक्रमितलाई दिइने औषधि न्यून

काठमाडौं। कोरोना संक्रमित भएर आइसियूमा पुगेका बिरामीलाई दिइने औषधि न्यून छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -औषधि व्यवस्था विभागलाई औषधि उद्योग र आयातकर्ताले उपलब्ध गराएको हालको मौज्दात सूचीमा ज्यादै न्यून मात्रामा औषधि देखिएको छ । कतिपय औषधि पाँच सय बिरामीलाई पुग्नेछ भने केही दुई सय जनालाई पुग्ने मात्रै छ ।

सरकारले कोरोना संक्रमितलाई आइसियूमा औसत १५ दिन बस्ने भन्दै सोहीअनुसार औषधिको निश्चित सूची तयार पारेको छ । उक्त सूचीमा आइसियूका लागि चाहिने विभिन्न प्रकारका अत्यावश्यक औषधि समावेश छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निश्चित औषधिको सूची तयार भएको बताउँदै अभाव हुन नदिन मौज्दात राख्न सबैलाई अनुरोध गरेको पनि बताए ।

आइसियूका बिरामीलाई इन्जेक्टेवल औषधि दिइन्छ । यी सबैजसो भारतबाट आयात हुने गर्छन् । नेपालमा नेसनल हेल्थ केयर र शिव फर्मास्युटिकल्सले मात्रै इन्जेक्टेवल औषधि उत्पादन गर्छन् ।
‘आइसियू र भेन्टिलेटरमा राखिएका बिरामीमा हुन सक्ने लक्षण तथा जोखिम कम गर्नका लागि अत्यावश्यक औषधिको सूची तयार पारिएको हो ।

यी औषधिले कोरोना मार्न सक्दैनन्, तर त्यसबाट हुने जोखिम कम गरी मृत्युबाट बचाउन सक्छन्,’ महानिर्देशक ढकालले भने । औषधि कम देखिए पनि फार्मेसी र उद्योगहरूले केही मात्रामा स्टक राखेको हुनुपर्ने अनुमान गरिएको उनले बताए ।

एकैदिन ५७ नयाँ संक्रमित देखिएपछि पर्सावासी त्रसित बनेका छन् । स्थानीय प्रशासनले मुख्य सडकमा निस्कन रोक लगाएको छ । वीरगन्ज महानगरपालिकाको छपकैया, मुर्ली, लक्ष्मणवा, इनर्वा, श्रीपुरलगायतका बासिन्दालाई आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छपकैयामा सबैभन्दा बढी संक्रमित भेटिएपछि वडालाई नै सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

संक्रमण फैलन नदिन छपकैया टोलमा अर्को व्यवस्था नहुन्जेलसम्म पूर्ण रूपमा सिल गरिएको उनको भनाइ छ । ‘वीरगन्जसहित जिल्लाका विभिन्न स्थानमा विगतभन्दा बढी कडाइ गरिएको छ,’ बस्नेतले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट पास लिएकाले मात्र बाहिर आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।’

पर्सामा अहिलेसम्म हजारभन्दा बढीको स्वाब संकलन गरिएको छ । नारायणी अस्पतालका अनुसार संक्रमण देखिएका नयाँ व्यक्तिको सम्पर्कमा रहेकाको पनि अब स्वाब संकलन गरिने नारायणी अस्पतालकी प्याथोलोजिस्ट डा। नीरा पाठकले बताइन् ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ । वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानमा पनि रोक लगाएको छ ।

मंगलबार एकैदिन ८३ नयाँ संक्रमित देखिएपछि कडाइ गरिएको हो । अब अत्यावश्यक अवस्थामा अन्तरजिल्लाको पासका लागि गृह मन्त्रालयको स्वीकृत लिनुपर्नेछ । उपत्यकाका जिल्लाले अन्तरजिल्लाको पास जारी गर्न भने सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमति लिनुपर्नेछ ।

उपत्यकाका तीन जिल्लामा भने अहिले जारी गरिएको पासले नै ओहोरदोहोर गर्न पाइने गृह मन्त्रालयले जनाएको छ ।

बैशाख ३१ गते, २०७७ - ०८:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुइँको टिप्दा न बादल, न वामदेव

भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...   

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...   

आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...   
पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...   

संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन

काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...   

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने

काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...   
प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच...   

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय...   

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले...   

कोभिड चिकित्सकमाथि आक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top