


उच्च शिक्षा सुधार परियोजनाको साढे ४७ करोड कोरोना भाइरसको अनुसन्धानमा खर्च गरिने


-
-
बैशाख ३१ गते, २०७७ - ०६:४६

काठमाडौं । उच्च शिक्षा सुधार परियोजनाको खर्च नभएर फिर्ता हुन लागेकोमध्ये ४७ करोड ६१ लाख ५० हजार कोरोना भाइरसको अनुसन्धानलगायतमा खर्च हुने भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सो रकम विश्वविद्यालय अनुदान आयोगमार्फत कोरोनासम्बन्धी अनुसन्धान, त्यसका कारण उत्पन्न परिस्थितिमा अनलाइन कक्षालाई व्यवस्थित बनाउनेलगायतका काममा खर्च हुने भएको हो ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा।डा। देवराज अधिकारीका अनुसार परियोजनाको रकम कोरोना भाइरसको अनुसन्धान र अनलाइन शिक्षालाई व्यवस्थित बनाउन खर्च गर्न अर्थ मन्त्रालय र विश्व बैंकबाट स्वीकृति पाइसकेको छ । सो रकम परियोजनाको अन्तिम समय आगामी जुनसम्ममा खर्च गरिसक्नु पर्नेछ ।
कोरोना भाइरसका कारण लकडाउन भएपछि अधिकांश विश्वविद्यालयले अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । केही विषयमा अनलाइन कक्षा प्रभावकारी भए पनि धेरै विद्यार्थी भएका विषयमा यो विधि प्रभावकारी भएको छैन ।
विद्यार्थीमा इन्टरनेटको पहुँच नभएको र पूर्वाधार नहुँदा प्रभावकारी भएको छैन । स्नातकोत्तरको अनलाइन कक्षामा ५० प्रतिशत मात्र उपस्थिति छ । उच्च शिक्षाको रकम अब शिक्षण सिकाइ, शिक्षकलाई तालिम, अन्तरक्रियात्मक कोर्स बनाउन, लाइभ क्लास सेटअप गर्न समेत यो रकम खर्च हुने भएको छ ।
आयोगले कोरोना भाइरससम्बन्धी विषयमा खर्च गर्न स्वीकृति पाएको रकम कुन शीर्षकमा कति गर्ने भन्ने समेत छुट्याइसकेको छ । सदस्य–सचिव अधिकारीका अनुसार विपन्न परिवारका विद्यार्थीका लागि ६ करोड ८४ लाख विनियोजन भएको छ ।
यो रकम कोरोना भाइरसका कारण अध्ययनमा समस्या भएका विद्यार्थीलाई वितरण हुनेछ । यसैगरी, नेपालमा देखिएको कोरोना भाइरस अनुसन्धानका लागि तीन करोड विनियोजन भएको छ । अनुसन्धानका लागि प्रस्ताव मागेर रकम दिने तयारी आयोगको छ ।
विश्वविद्यालयलाई एकमुष्ट दुई लाख ५० हजार र आंगिक क्याम्पसहरूलाई समेत अनलाइन कक्षाको पूर्वाधारका लागि एकमुष्ट दुई लाख ५० हजार दिने भएको छ । पूर्वाधार तयार गरेमा अरू समयमा पनि काम लाग्ने भएकाले त्यसमा लगानी गर्न लागेको अधिकारीको भनाइ छ ।
विश्वविद्यालय अनुदान आयोगले सञ्चार मन्त्रालयलाई पत्र लेखेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई इन्टरनेटको सुविधा दिन आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण विद्यार्थीले अनलाइन कक्षा लिनुपरेको तर कतिपयलाई सुविधा नहुँदा समस्या परेकाले सहज गर्न आग्रह गरेको हो । सकेसम्म इन्टरनेट निःशुल्क उपलब्ध गराउन र सम्भव नभए न्यूनतम शुल्कमा उपलब्ध गराउन आग्रह गरेको हो ।
परियोजनाको सबै रकम खर्च नहुने
विश्वविद्यालय अनुदान आयोगमार्फत सञ्चालन भइरहेको उच्च शिक्षा सुधार परियोजनाको करिब एक अर्ब रुपैयाँ समयमै काम गर्न नसक्दा फिर्ता हुने अवस्थामा छ । करिब आधा अर्ब कोरोना भाइरस अनुसन्धानलगायतमा खर्च हुने भए पनि आधा अर्ब भने अझै फिर्ता हुने आयोगका कर्मचारीको भनाइ छ ।
अनुदान आयोगका पदाधिकारीका अनुसार रकम आवश्यकता हुने कतिपय संस्थाले पहल नगर्दा पनि खर्च हुन नसकेको हो । परियोजना सञ्चालनका लागि विश्व बैंकले पाँच वर्षका लागि सात अर्ब रुपैयाँ ऋण सहयोग गरेको थियो । तर, पर्याप्त योजना र तयारी नहुँदा पाँच वर्षपछि केही रकम विश्व बैंककै सञ्चित खातामा जाँदै छ । सन् २०१५ देखि सुरु भएको परियोजना आगामी जुनमा सकिँदै छ ।
कतिपय विश्वविद्यालयका अनुसन्धान केन्द्र रकम अभावले अनुसन्धान गर्न नसक्ने अवस्थामा छन् । तर, उच्च शिक्षा सुधार परियोजनाको रकम भने फिर्ता हुन लागेको छ । त्यति मात्र होइन, विश्वविद्यालयका आंगिक क्याम्पसमा ल्याब अभाव हुँदा विद्यार्थीले सैद्धान्तिक ज्ञान लिएर कक्षा पार गर्नुपर्ने अवस्था छ ।
विश्वविद्यालय अनुदान आयोगले गठन गरेको कमिटीले नेपालका विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा ल्याब र अध्ययनको अवस्था नाजुक भएको प्रतिवेदन पनि दिएको थियो ।
गत वर्ष प्रा।डा। राजु खनालको संयोजकत्वमा बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसको स्थिति अध्ययन गर्न बनेको कमिटीले पढाइ र ल्याबको अवस्था दयनीय भएको प्रतिवेदन दिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल–चीन व्यापारमा अवरोध
काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया
काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए
काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...
