Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

२४ घण्टामै ८३ जना थपिए काेराेना संक्रमित, उपत्यकामा पाँच दिनमै भित्रिए २५ हजार मानिस

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ । मंगलबार मात्रै ८३ नयाँ संक्रमित देखिएका छन् । २४ घण्टामै यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलो पटक हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीका अनुसार पर्सामा ५७, रूपन्देहीमा नौ, कपिलवस्तु आठ, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई तथा बारा, काठमाडौं र सर्लाहीमा एक–एक नयाँ संक्रमित देखिएका छन् ।

अहिलेसम्म संक्रमण देखिएका दुई सय १७ मा एक सय ६७ पुरुष र ५० महिला छन् । उनीहरूमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरूलाई अधिकतम तातोपानी र झोलिलो खानेकुरा खान चिकित्सकहरूले सुझाब दिएका छन् ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र एकजना र बाहिर दुई सय २७ जना अस्पतालको आइसोलेसनमा छन् । त्यस्तै देशभर १२ हजार सात सय ८५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ३६ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म पिसिआर प्रविधिबाट १८ हजार नौ सय ६४ र आरडिटी विधिमार्फत ५९ हजार ६ सय २७ गरी ७८ हजार पाँच सय ९१ जनाको कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले कोरोना परीक्षण गर्ने एक लाख पिसिआर किट मौज्दात छ । स्विट्जरल्यान्ड सरकारले दिएको ६० हजार र सोमबार चीन सरकारले दिएको ४० हजार किट मौज्दात छन् । करिब १० हजारको संख्यामा अन्य दाताहरूले सहयोग गरेका छन् । यससँगै सेनाले ३० हजार खरिद गर्दै छ भने स्वास्थ्य सेवा विभागले ३० हजार किट खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालमा नौ सय नौ आइसियू र पाँच सय ३९ भेन्टिलेटर छन् । तीमध्ये तीन सय ४५ शय्या आइसियू र एक सय ४५ भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका छन् । बाँकी नियमित बिरामीको उपचारमा प्रयोग गरिनेछन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा। अनुप बाँस्तोलाले संक्रमितमा देखिएको लक्षणका आधारमा कोरोनाको उपचार हुने बताए । आइसोलेसनमा रहँदा बढी तनाव लिएर मानसिक समस्या समेत हुन सक्ने भन्दै संक्रमित भर्ना गरेका अस्पतालले मनोपरामर्श सेवा पनि दिँदै आएका छन् । चिकित्सकहरूका अनुसार एक हप्तापछि गम्भीर बिरामी देखिने छन् ।

आइसियूमा राखिने कोरोना संक्रमितलाई दिइने औषधि न्यून

कोरोना संक्रमित भएर आइसियूमा पुगेका बिरामीलाई दिइने औषधि न्यून छ । औषधि व्यवस्था विभागलाई औषधि उद्योग र आयातकर्ताले उपलब्ध गराएको हालको मौज्दात सूचीमा ज्यादै न्यून मात्रामा औषधि देखिएको छ । कतिपय औषधि पाँच सय बिरामीलाई पुग्नेछ भने केही दुई सयजनालाई पुग्ने मात्रै छ ।

सरकारले कोरोना संक्रमितलाई आइसियूमा औसत १५ दिन बस्ने भन्दै सोहीअनुसार औषधिको निश्चित सूची तयार पारेको छ । उक्त सूचीमा आइसियूका लागि चाहिने विभिन्न प्रकारका अत्यावश्यक औषधि समावेश छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निश्चित औषधिको सूची तयार भएको बताउँदै अभाव हुन नदिन मौज्दात राख्न सबैलाई अनुरोध गरेको पनि बताए ।

आइसियूका बिरामीलाई इन्जेक्टेवल औषधि दिइन्छ । यी सबैजसो भारतबाट आयात हुने गर्छन् । नेपालमा नेसनल हेल्थ केयर र शिव फर्मास्युटिकल्सले मात्रै इन्जेक्टेवल औषधि उत्पादन गर्छन् ।
‘आइसियू र भेन्टिलेटरमा राखिएका बिरामीमा हुन सक्ने लक्षण तथा जोखिम कम गर्नका लागि अत्यावश्यक औषधिको सूची तयार पारिएको हो ।

यी औषधिले कोरोना मार्न सक्दैनन्, तर त्यसबाट हुने जोखिम कम गरी मृत्युबाट बचाउन सक्छन्,’ महानिर्देशक ढकालले भने । औषधि कम देखिए पनि फार्मेसी र उद्योगहरूले केही मात्रामा स्टक राखेको हुनुपर्ने अनुमान गरिएको उनले बताए ।

वीरगन्ज सिल, स्थानीय बासिन्दा त्रसित
एकैदिन ५७ नयाँ संक्रमित देखिएपछि पर्सावासी त्रसित बनेका छन् । स्थानीय प्रशासनले मुख्य सडकमा निस्कन रोक लगाएको छ ।

वीरगन्ज महानगरपालिकाको छपकैया, मुर्ली, लक्ष्मणवा, इनर्वा, श्रीपुरलगायतका बासिन्दालाई आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छपकैयामा सबैभन्दा बढी संक्रमित भेटिएपछि वडालाई नै सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

संक्रमण फैलन नदिन छपकैया टोलमा अर्को व्यवस्था नहुन्जेलसम्म पूर्ण रूपमा सिल गरिएको उनको भनाइ छ । ‘वीरगन्जसहित जिल्लाका विभिन्न स्थानमा विगतभन्दा बढी कडाइ गरिएको छ,’ बस्नेतले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट पास लिएकाले मात्र बाहिर आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।’

पर्सामा अहिलेसम्म हजारभन्दा बढीको स्वाब संकलन गरिएको छ । नारायणी अस्पतालका अनुसार संक्रमण देखिएका नयाँ व्यक्तिको सम्पर्कमा रहेकाको पनि अब स्वाब संकलन गरिने नारायणी अस्पतालकी प्याथोलोजिस्ट डा। नीरा पाठकले बताइन् ।

रोकियो अन्तरजिल्ला आवागमन

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ । वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानमा पनि रोक लगाएको छ ।

मंगलबार एकैदिन ८३ नयाँ संक्रमित देखिएपछि कडाइ गरिएको हो । अब अत्यावश्यक अवस्थामा अन्तरजिल्लाको पासका लागि गृह मन्त्रालयको स्वीकृत लिनुपर्नेछ । उपत्यकाका जिल्लाले अन्तरजिल्लाको पास जारी गर्न भने सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमति लिनुपर्नेछ । उपत्यकाका तीन जिल्लामा भने अहिले जारी गरिएको पासले नै ओहोरदोहोर गर्न पाइने गृह मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुुकुलो भएको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका थिए । त्यसपछि गृह मन्त्रालयले कडाइ गरेको हो । गृहसचिव महेश्वर न्यौपाने आफैँ नागढुंगा नाका निरीक्षणमा गएका थिए ।

सरकारले गत शुक्रबारदेखि लकडाउनमा केही लचकता अपनाउँदै उद्योगका साथै निर्माण सामग्री, वर्कसप सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसयता उपत्यकामा भीड बढेको छ ।

उपत्यका भित्रिए पाँच दिनमा २५ हजार
पछिल्लो पाँच दिनमा करिब २५ हजारजना विभिन्न नाकाबाट उपत्यका भित्रिएका छन् । जसमध्ये धेरैजसो अत्यावश्यक सामान बोक्ने सवारी लिएर आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा दैनिक करिब तीन हजार सवारीसाधन भित्रिने गरेका छन् । जसमध्ये अधिकांशमा चालकबाहेक थप व्यक्ति हुने गरेका छन् ।

पासका आधारमा बाहिरबाट आएकाहरूले संक्रमण फैलाउन सक्ने जोखिम छ । ‘सांसदहरूको गाडीमा ५–६ जना आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘केही थप कार्यालय खुल्ने भएपछि सरकारी कर्मचारी पनि आएका छन्, उनीहरूबाट संक्रमण फैलने जोखिम छ ।’

गृह मन्त्रालयले लकडाउनमा कहिले कडाइ तथा कहिले खुकुलो गर्दै आएको छ । उपत्यकाका मुख्य सडकमा धेरै भीड नभए पनि भित्री सडक र पसलमा भीडभाड हुने गरेको छ । खाद्यान्न तथा तरकारी खरिदमा सामाजिक दूरी अपनाइएको छैन । पसल सञ्चालकले पनि सुरक्षा नअपनाउँदा जोखिम बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies