


भारतको महाराष्ट्रमा कोरोना भाइरसबाट एक हजार भन्दा बढी प्रहरी सङ्क्रमित


-
-
बैशाख ३० गते, २०७७ - २१:५५

मुम्बई । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजार भन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले मङ्गलबार जानकारी गराएको छ ।
मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ । सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन् ।
सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन् ।
मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।
यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गएका थियोए । मुख्यमन्त्री उद्धव थाक्रेले प्रधानमन्त्री मोदीसँग संघीय ९केन्द्र० सरकारबाट थप सहयोगको लागि माग गरेको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोरोनाबाट विदेशमा तीन सय १९ जना नेपालीको निधन
काठमाडौ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार...आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
काठमाडौं । कोरोनाले बन्द रहेका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु अनजदेखि सञ्चालनमा आउने भएका...दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्...नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु
काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण...जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते
कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात...इजरायलमा पुन : लकडाउन हुने
जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...ब्रोकर कमिसन घटाउँदै बोर्ड
काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु
नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित
कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...

प्रतिकृया लेख्नुहोस्:
- सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
- केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
- इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
- जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान