Khabar Dabali Logo
  January 24, Sun

चितवनमा ६३ वर्षीया महिलाको दुईपटकसम्मकै स्वाब परीक्षण नेगेटिभ

चितवन । कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छन् । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छ्रैनन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो ।

यसअघिका पाँचपटकको नतिजामा नियमित पोजेटिभ देखिएकी ती महिलालाई छैटौ र सातौँ नतिजा नेगेटिभ आएसँगै भरतपुर अस्पतालले उनलाई बुधबार डिस्चार्ज गर्दैछ । तिवारीका अनुसार दिउँसो उनलाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाइरस मार्नका लागि औषधि छरिँदैछ ।

चैत ३ गते हङकङ हुँदै काठमाडौँ आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आएकी उनमा वैशाख ३ गते र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि उनी र उनीसँगै आएका दुई छोराको समेत पिसिआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो । उनीसँगै पोजेटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही समयअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले लगातार दुईपटकसम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइने जानकारी दिए ।

बैशाख ३० गते, २०७७ - २१:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...   

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...   
दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...   

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...   

ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top