


सीमा विवादले नेकपाभित्र पार्टी विवाद ओझेलमा, स्थायी समिति बैठकमा पनि परेन पार्टी विवादको एजेण्डा


-
-
बैशाख ३० गते, २०७७ - १७:४८

काठमाडौं । सरकारका पछिल्ला कदम र गतिविधिप्रति तिव्र असन्तुष्टी बढिरहेका बेला एकाएक देखिएको सीमा विवाद्ले सरकार नेतृत्व सुरक्षित देखिएको छ । सत्तारुढ पार्टी नेकपाभित्र र बाहिर सरकारप्रति देखिएको असन्तुष्टी एकाएक भारततर्फ खनिएको छ । सत्तारुढ पार्टी र प्रतिपक्षीका नेताले पनि सीमा विवाद्लाई महत्वका साथ उठाएका छन् ।
यसैबीच नेकपाले स्थायी समिति बैठक बोलाएको छ । नेकपाले बुधबार बिहानदेखि पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बोलाएको हो । बैठक बुधबार (एकैदिन) नै सक्नेगरि तयारी पनि गरिएको बुझिएको छ ।
पार्टी विवादबारे छलफल नहुने शर्तमा बैठक
जनाइएअनुसार बुधबारबाट सुरु हुने स्थायी समिति बैठकमा पार्टी आन्तरिक विवादबारे छलफल नहुने भएको छ । अध्यक्ष केपि शर्मा ओलीले पनि पार्टीको आन्तरिक विवादबारे छलफल नहुने सर्तमा स्थायी समिति बैठक बोलाउन सहमती जनाएको बुझिएको छ ।
जनाइएअनुसार स्थायी समिति बैठकमा सीमा विवाद, सरकारको बजेट र नीति तथा कार्यक्रमबारे छलफल गरिनेछ । जनाइएअनुसार बैठक भोली नै सकिने गरि पनि तयारी गरिएको छ । बैठक एजेण्डाबारे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद दुई अध्यादेश (राजनीतिक दलसम्बन्धी र संवैधानिक आयोगसम्बन्धी) ल्याएसँगै पार्टीभित्र विवाद उत्सर्गमा पुगेको थियो । नेताहरुले पार्टी विवाद समाधान गर्न स्थायी समिति बैठकको माग गर्दै लिखित रुपमै निवेदन बुझाएका थिए । तर प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो विरुद्धमा स्थायी समिति बैठकले निर्णय गर्नसक्ने सम्भावना देखेसँगै बैठक स्थागित गराउँदै आएका थिए ।
उनले वैशाख २५ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गराएका थिए । बुधबार आकस्मिक सहमति भएर बोलाइएको बैठक सरकार नेतृत्वको विषयमा छलफल नहुने सर्तमा बोलाइएको बुझिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा
- ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
- प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
- संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
- नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
- यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
- रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
- बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
- संसद विघटनका मुद्दामा बहसः सरकार चलाउन नसके प्रधानमन्त्रीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन
- नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन
- प्रतिनिधिसभा विघटन मुद्दाः आज पनि सुनुवाइ हुँदै
- आगामी चुनाव गर्न ८ अर्ब बढी खर्च लाग्ने
- आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
- प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
- अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली