


बुद्ध एयरले एकजना पनि कर्मचारी कटौती नगर्नै, आन्तरिक पर्यटनको लागि ‘होलिडे प्याकेज’


-
-
बैशाख ३० गते, २०७७ - १५:५४

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड–१९ पछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय आकर्षक प्याकेज सार्वजनिक गरेको छ । सरकारले कोभिड–१९ को महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि बिदा पर्यटनको अवधारणा अघि सारेको सन्दर्भमा बुद्धले पहिलो चरणमा काठमाडौँ, पोखरा र चितवनका पर्यटकीय गन्तव्यलाई आकर्षित गराउने योजना ल्याएको हो ।
बुद्ध एयरको भगिनी संस्था ‘बुद्ध होलिडेज’ मार्फत पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटलमार्फत साझेदारीमा पर्यटन प्रवद्र्धन गरिने कम्पनी आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पर्यटन उद्योगलाई पुनरुत्थान गर्न सरकारले आगामी आर्थिक वर्षमा विधा पर्यटनको अवधारणा ल्याएको छ । आव २०७७र०७८ को बजेट र नीति तथा कार्यक्रममै उक्त प्याकेज समेट्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिदा पर्यटनको अवधारणालाई बजेटमै समावेश गरिने बताउनुभयो । आन्तरिक पर्यटनलाई टेवा पु¥याउन सरकारी कर्मचारीलाई विभिन्न चरणमा एक महिनासम्म बिदा दिने कार्यक्रम समावेश गरिनेछ । यसबाट वार्षिक २० लाख आन्तरिक पर्यटक गन्तव्य भ्रमणमा निस्कने पर्यटनमन्त्रीको भनाइ थियो ।
बिदा पर्यटनको सरकारी योजनालाई बुद्धको होलिडे प्याकेज सान्दर्भिक हुनसक्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सरकारले अघिसारेको बिदा पर्यटनलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिरक्षा प्रणाली अपनाएर कोभिडप्रति सुरक्षा सतर्कता अपनाउँदै आन्तरिक पर्यटन प्रवद्र्धमा उत्साहवद्र्धक ढङ्गले लाग्ने बताए ।
बुद्धले सङ्क्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि साङ्गठनिक लिखित निर्देशिका तयार गरिसकेको छ । उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्न दिने निर्णयअनुसार आगामी जुन १ तारिखबाट बजार व्यवस्थापन गरी सञ्चालन गर्ने बुद्ध एयरले जनाएको छ ।
बुद्धको होलिडे प्याकेजअन्तर्गत पोखराको दुई दिन पर्यटकीय प्याकेज होटल र उडानसहित रु पाँच हजार ९९९ तिर्नुपर्ने हुन्छ । त्यस्तै चितवनको दुई दिन पर्यटकीय प्याकेज होटल र उडानसहित रु १३ हजार ९९९ रहेको छ । यो सेवामा विमानस्थलदेखि होटल र विमानस्थलसम्म सवारी साधनको व्यवस्था हुनेछ ।
प्रबन्ध निर्देशक बस्नेतले विदेशी पर्यटकलाई विश्वास दिलाउन पनि आन्तरिक पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्न युद्धस्तरमा मुख्य पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन जरुरी भएको बताए। उनले भने, “आगामी अक्टोबर महिनादेखि आन्तरिक पर्यटनमा चहलपहल बाक्लिन्छ भन्ने हाम्रो विश्वास छ, त्यसैले कोभिडपछिको पर्यटन प्रवद्र्धनका लागि उत्साहित भएर लाग्ने निर्णयका साथ बजारीकरणलाई तीव्रता दिन्छौँ ।”
बुद्धले कोभिड–१९ को महामारीसँग कर्मचारी र यात्रुलाई सुरक्षित राख्ने हिसाबले सुरक्षा निर्देशिका जारी गरिसकेको छ । सामान्य अवस्थामा पोखरा र चितवनमा ३० प्रतिशत काठमाडौँका आन्तरिक पर्यटकले ओगट्ने गरेको व्यावसायिक आँकडा रहेको बुद्धले जनाएको छ । कम्पनीले निकट भविष्यमै चीन र भारतीय पर्यटकलाई यस्तै उदाहरण देखाइ ठूलो सङ्ख्यामा भित्र्याउन सक्ने विश्वास लिएको छ । यी दुई मुलुकबाट वर्षेनी १४ करोडभन्दा बढी पर्यटक विदेश घुम्न जाने गरेको बताइन्छ ।
एकजना पनि कर्मचारी कटौती गर्दैनौँ
बुद्धले कोभिड–१९ को प्रभावले आफ्ना कर्मचारीलाई तलब सुविधामा कुनै समस्या नपर्ने र कुनै पनि कर्मचारीको कटौती नगर्ने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले आफ्नो २३ वर्षे उडान यात्रामा भविष्यको सम्भावित जोखिमलाई ध्यान दिएर कम्पनीले सोहीअनुरुपको रणनीतिअन्तर्गत आर्थिक व्यवस्थापन गरेकाले अझै ६ महिनासम्म कर्मचारीलाई तलब खुवाउन कुनै समस्या नहुने बताउनुभयो ।
“हामी ९बुद्ध एयर० एक कर्मचारी पनि कटौती गर्दैनौँ, आगामी अक्कोबर महिनादेखि पर्यटनलयमा फर्किन्छ भन्ने हाम्रो विश्वास छ, अहिले कम्पनीलाई टिकाइराख्न हामीलाई समस्या छैन त्यसैले यो चुनौतीलाई अवसरका रुपमा परिणत गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो । कम्पनीले सामान्य अवस्थामा दैनिक झण्डै ६ हजार यात्रुलाई सेवा दिने गरेको थियो । कोभिडको महामारीका कारण हाल यात्रु सङ्ख्या शून्य अवस्थामा छ । बुद्धले एटिआर–७२ ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह
- जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण