Khabar Dabali Logo
  January 16, Sat

कोरोनाको परीक्षण गर्न आरडिटी किट्सको अभाव

सिन्धुली । कोरोना भाइरसको परीक्षण गर्न आरडिटी किट्सको अभाव भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा अन्यत्रैबाट काम गर्न आएका कामदारको तत्काल सो परीक्षण गर्न किट्सको अभाव भएको जनाइएको छ ।

मदनभण्डारी राजमार्ग सडक खण्डअन्तर्गत सिन्धुली खण्डमा सडक निर्माणको काम पाएका कालिका कन्स्ट्रक्सनका ४४ र अनक कन्स्ट्रक्सनका ३८ मध्ये अनकका २४ को मात्रै सो परीक्षण भएको छ । अन्यको परीक्षण भने किट्स अभावकै कारण हुन सकेको छैन । सो कन्स्ट्रक्सनले पुल बनाउन अझै २० जना कामदार ल्याउने तयारी गरेको छ ।

यस्तै सो लोकमार्गमा काम गर्न ठेकेदार कम्पनीले ल्याएका कामदारको पनि स्वास्थ्य परीक्षण हुन नसक्दा फिक्कल गाउँपालिकाका स्थानीयवासीले विरोध जनाएका छन् । फिक्कलमा २० कामदार सप्तरीबाट आएका र उनीहरुलाई पनि क्याम्पमा राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।

जिल्लाका अरु स्थानीय तहमा समेत विकास निर्माणको कार्य सञ्चालन गर्ने तयारी भइरहँदा किट्सको अभावले स्थानीयवासी त्रसित भएका छन् । सो परीक्षणका लागि स्वास्थ्य संस्था तथा सिन्धुली अस्पतालमा आएकालाई आरडिटीबाहेकका जाँच गरी क्याम्पमा पठाइएको छ ।

जिल्लाका राष्ट्रिय गौरवका आयोजनामा काम गर्न विभिन्न जिल्लाबाट कामदार ल्याउँदा कोरोनाको जोखिम बढेको भन्दै स्थानीयवासीले भने स्वास्थ्य जाँच गराउन तथा क्वारेन्टाइनमा राख्नसमेत आग्रह गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख जीतेन्द्रकुमार शाहले अहिले आरडिटी किट्स नेपालमा नै अभाव भएको जानकारी दिए। “सो परीक्षण गर्दा सबैलाई ढुक्क हुने भएको हुँदा धेरैले अरडिटी परीक्षण गर्न आग्रह गर्ने गर्छन् । ”उनले भने ।

उनका अनुसार जिल्लामा हालसम्म ५६४ जनाको आरडिटी जाँच गरिएको र सबैको नतिजा नेगेटिभ आएको उनले जानकारी दिए ।

बैशाख ३० गते, २०७७ - १४:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज...   

प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली...   

प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको...   

प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो इमान्दार...   

नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन...   

संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...   
वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला

वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...   

नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...   

प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...   
नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति

नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति

काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top