Khabar Dabali Logo
  January 28, Thu

कृषि र सुरक्षा बजेटको प्राथमिकतामा राख्नुस् : नेता भीम रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले कृषि उत्पादन र सुरक्षालाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सुझाव दिएका छन् । आव २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधिसभा जारी छलफलमा भाग लिँदै उनले ‘कोरोनाका कारण रोजगारी गुमाएर ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्कने क्रममा रहेकाले उनीहरुलाई कृषिमा संलग्न गराउन नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्छ’ भने ।

उनले भने, “भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको अतिक्रमण गरेको छ, यस विषयमा संसद् र संसदीय समितिबाट पटक–पटक सरकारको ध्यानाकर्षण गराएको थियो, तर अहिलेसम्म सार्थक पाइला चालिएको छैन, देश सुरक्षित नभइ जनता सुरक्षित हुँदैनन् ।” राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सिमानामा आवश्यक सुरक्षा फौज खटाउनुपर्ने भएकाले सुरक्षाकर्मीलाई बस्ने, खाने उचित प्रबन्ध बजेटमा गरिनुपर्छ भन्दै नेता रावलले भने, “राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने भनेको सीमा क्षेत्रमा राम्रो सुरक्षा प्रबन्ध गर्नु हो ।”

“नीति र सिद्धान्तलाई व्यवहारमा रुपान्तरण हुँदैन भने सिद्धान्त तय गर्नुको कुनै अर्थ रहन्न”, भन्दै सांसद रावलले भने, “कृषिका लागि ठोस कार्यक्रम ल्याइनुप¥यो ।” कल्याणकारी राज्यको सिद्धान्त र समाजवादोन्मुख अर्थतन्त्रमा मेलखाने आर्थिक नीति अघि बढाइनुपर्छ भन्दै उहाँले भष्ट्राचार नियन्त्रका लागि स्वतन्त्र ढङ्गबाट छानबिन गर्ने वातावरण र संयन्त्र बनाउन आवश्यक रहेको बताए।

बैशाख ३० गते, २०७७ - १४:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो

काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...   

आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप

काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...   

नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...   
रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...   

सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु

काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...   
इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...   
माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...   

भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो

काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...   
प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...   

दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top