


नेपाल विद्युत् प्राधिकरण हेटौँडामा स्मार्ट सिस्टम प्रयोग


-
-
बैशाख ३० गते, २०७७ - १३:५५

हेटौडा । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले आफ्नो सेवा जारी राखेको छ । केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले विद्युत् प्रवाह अवरुद्ध भएको अवस्थामा तत्काल मर्मत गरी सेवालाई निरन्तर भइरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक दूरी कायम गरी बिहान ६ बजेदेखि १० बजेसम्म महसुल काउन्टर खुला गर्न दिएको निर्देशन अनुसार काउन्टर सञ्चालन गरी महसुल बुझ्ने काम भइहेको जनाइएको छ ।
केन्द्रीय निर्देशन अनुसार सिङ्गल फेजका ग्राहकलाई फागुन महिनामा उठेको शुल्कलाई आधार मानेर चैत र वैशाख महिनाको महसुल निर्धारण गरिएको र ठूला ग्राहकहरुको हकमा भने मिटर जाँचका लागि प्राधिकरणबाट कर्मचारी पठाइने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । साथै रिमोर्टबाट स्मार्ट सिस्टमको प्रयोग गरेर पनि मिटर रिडिङको काम भइरहेको उनले बताए ।
आगामी जेठ १ गतेबाट भने ग्राहकको घरमै मिटर रिडिङका लागि प्राधिकरणबाट कर्मचारी खटाइने बताइएको छ । ग्राहकले विद्युत् महसुल आगामी जेठ ५ गतेसम्म बुझाउँदा विशेष छुट पाउने र जरिवाना नलाग्ने प्राधिकरणले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन
काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...

प्रतिकृया लेख्नुहोस्:
- आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी