Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महामारीमाथिको राजनीतिले मानिसको जीवनमाथि खेलवाड, काेराेना भाइरसको त्रासलाई अतिरन्जित गरिएको दाबी

रियो दी जेनेरियो । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको त्रासलाई अतिरन्जित गरिएको निरन्तर दाबी गरिरहेका छन्। संघीय, राज्य र स्थानीय तहका अरु अधिकारीहरुले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै आएका छन् ।

कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक तहबीच गहिरो मतान्तर छ । यस राजनीतिक तिक्तताले आम मानिसको जीवन जोखिममा पारेको छ ।

शनिबार मात्र ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ, तर राष्ट्रपति बोल्सोनारोले मुलुकलाई लकडाउनमुक्त गराउने विषयलाई निरन्तर अघि सार्नु भएको छ । उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “बेरोजगारीको संख्या निरन्तर बृद्धि हुँदैछ ।”

अति दक्षिणपन्थी नेताको छवी बनाउनु भएका राष्ट्रपति बोल्सोनारोले “के अराजकता सामुन्ने आइसकेको छ ?” भन्ने प्रश्न गर्दै कोरोनाभाइरसलाई “सामान्य किसिमको फ्लु”सँग तुलना गर्नुभएको छ ।

कतिपयको तर्क छ, कोरोनाभाइरसले “अराजकता” सिर्जना गरिसकेको छ ।

कोरोनाभाइरसँग जुध्न घरभित्रै बस्ने विषयमा जारी गरिएको आदेशप्रति पनि राष्ट्रपति बोल्सोनारोले आलोचना गरेका छन् । राष्ट्रपतिको सार्वजनिक रुपमै खुलेर आलोचना गरेको भन्दै स्वास्थ्य मन्त्री लुईज हेनरिक म्याडेटालाई पदबाट बर्खास्त गरेका थिए ।

यहीबीच, दक्षिण अमेरिकामै ब्राजिल कोरोनाभाइरसको इपिसेन्टरका रुपमा प्रकट भएको छ । यहाँ ११ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने डेढ लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् ।

विज्ञहरुको भनाईमा न्यून परीक्षणको अर्थ संक्रमितको संख्या अरु बढी हुनु हो । हार्वर्ड विश्वविद्यालयका प्रोफेसर सिड्ने चालहोबले युरोपमा १९औं शताब्दीमा जर्मनीको ह्यामबर्गमा फैलिएको हैजाका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको प्रसँग उल्लेख गर्दै भन्नुभयो, “ब्राजिलमा झैं स्थानीय राजनीतिक नेता र प्रभूत्वशाली आर्थिक सरोकारवालाबीचको विभाजनकै कारण ठूलो संख्यामा मानिसको ज्यान गएको थियो । यस द्वन्द्वले जर्मनीले अन्ततः झन् ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो ।”

बोल्सोनारोका समर्थकहरुले हालैका साताहरुमा लकडाउनको विरोधमा शृंखलाबद्ध प्रदर्शन गरिसकेका छन् । कुनै भेलामा त स्वयं राष्ट्रपति उपस्थित हुनुभएको छ, सडकमा उत्रनु भएको छ, मानिसहरुसँग हात मिलाउने र कडा भाषणहरु गर्नु भएको छ । यी सभामा सबै व्यक्तिले मास्क समेत लगाउन अस्वीकार गरेका छन् ।

यी प्रदर्शनहरुमा कङ्ग्रेस (संसद) र सर्वोच्च अदालतप्रति तिखा टिप्पणीहरु गरिएका छन् । कतिपय अवस्थामा प्रदर्शनहरु हिंसात्मक हुने गरेका छन् । कतिपय प्रदर्शनकारीले पत्रकार र नर्सहरुमाथि समेत आक्रमण गर्ने गरेका छन् ।

हालै मात्र डाटाफोल्हा इस्न्टिच्यूटले गरेको जनमत सर्वेक्षणमा ६७ प्रतिशत ब्राजिलीहरुले भाइरसलाई नियन्त्रणमा ल्याउन घरभित्रै बस्न दिइएको आदेश उपयुक्त रहेको बताएका छन् । मुलुकको अर्थतन्त्रलाई चोट पुगे पनि लकडाउन अनिवार्य रहेको उनीहरुको भनाई छ ।

बोल्सोनारोका कतिपय समर्थक पनि यही विश्वासमा छन् ।

अर्को जनमत सर्वेक्षणमा बोल्सोनारोका दक्षिणपन्थी समर्थक हौं भन्ने ५६ प्रतिशतले राष्ट्रपतिको कदमप्रति समर्थन जनाएका छन् भने ४० प्रतिशतले राष्ट्रपतिको विरोध गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिले झैं कोरोनाभाइरसको उपचारका लागि क्लोरोक्वीनको प्रयोगलाई बढावा दिनु भएको छ । तर ब्राजिली बैज्ञानिकहरुले उक्त औषधि कोरोना रोकथाम र उपचारमा खासै उपयोगी नरहेको बताएका छन् । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies