


सूर्यविनायकमा ६० प्रतिशत अनुदानमा विभिन्न जातका धानको बीउ वितरण शुरु


-
-
बैशाख ३० गते, २०७७ - ११:३०

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्ना नगरभित्रका किसानलाई ६० प्रतिशत अनुदानमा विभिन्न जातका धानको बीउ वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले धानको बीउ अभाव भएपछि नगरपालिकाले विभिन्न जिल्लाबाट खरिद गरिएको धानको बीउ किसानलाई आजबाट वितरण गर्न शुरु गरेको हो ।
नगरपालिकाले नगरक्षेत्रका एकदेखि १० सम्मका सबै वडाकार्यालयमार्फत ६० प्रतिशत अनुदानमा प्रतिकिलो रु ४८ का दरले खुमल–४ मसिनो, खुमल–१० मसिनो, खुमल–११ ताइचीन र ताइचीन–११ जातको धानको बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिए । नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत बुधबारसम्म धानको बीउ वितरण गर्ने भएको हो ।
यस वर्षदेखि नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने नियम बनाएपछि धान बीउको माग पनि बढ्न सक्ने नगरपालिकाले आँकलन गरेको छ । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने नीति लिएपछि विगतमा बाँझो हुने बारीहरुमा समेत मकै र विभिन्न जातका तरकारी रोप्न थालिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
