


विश्वकै दोस्रो अग्लो बन्जी कुश्मामा नेपालकै अग्लो लिङ्गेपिङ पनि सञ्चालन


-
-
बैशाख ३० गते, २०७७ - १०:४८

पर्वत । साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ । कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको हो ।
दशैँ–तिहारमा बाँस गाडेर बनाइने पिङ लिङ्गेपिङजस्तै जमीनबाट १२ मिटर उचाइका फलामे स्तम्भमा पिङ बनाइएको हो । कालीगण्डकीमाथि निर्माण भएको बन्जीपुल २२८ मिटर अग्लो छ भने लिङ्गेपिङ पुलबाट २० मिटरसम्म जान सकिने भएकाले उचाइसहित २४८ मिटर अग्लो छ ।
विश्वमा सबैभन्दा अग्लो लिङ्गेपिङ चीनमा छ । उक्त पिङ जमीनबाट २५ मिटर अग्लो छ । तर जमीनमा २५ मिटर भए पनि कालीगण्डकीको खोँचभन्दा माथिसम्म पिङमा मच्चिन सकिने भएकाले पिङ खेल्दा २५० मिटरबाट जमीनलाई तल देख्न सकिने बन्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।
उनका अनुसार यो पिङमा बन्जीजम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पूरा गरिएको छ । अन्य लिङ्गेपिङमा मानिसले नै मच्चाइदिने र खेल्ने मानिस नै मच्चिनुपर्ने हुन्छ । यसमा विन्च मेसिनले नै मानिसलाई जमीनभन्दा धेरै माथि लगेर छाडिदिने भएकाले बढी रोमाञ्चक र धेरै उचाइमा जान सक्छन् । “नेपालका लागि यति धेरै उचाइमा लिङ्ेपिङको सुविधा दिएर थप साहसिक खेलको शुरुआत गरेका हौँ”, उनले भने, “नेपालमा यस्तो प्रविधिमा सञ्चालित पिङ पहिलो हो भन्दा हुन्छ ।”
कुश्माकै बन्जी नजिक यसअघि सञ्चालित पिङमा आन्तरिक पर्यटकको ठूलो आकर्षण देखिएको थियो । अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका छन् । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बन्जीमा व्यावसायिकरूपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी
गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...
