


सङ्क्रमित युवकको गाउँ डाक्नेश्वरीलाई सिल गरियो


-
-
बैशाख ३० गते, २०७७ - १०:३०

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इँले जानकारी दिए ।
वैशाख ९ गते चितवनबाट घर आएका ती युवकमा सोमबार कोरोना सङ्क्रमण देखापरेको हो । चितवनबाट आएका युवकलाई सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । सङ्क्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा अहिले भर्ना गरिएको छ ।
उनलाई अस्पतालमा भर्ना गरी सङ्क्रमित युवकको टोल हटैल र उक्त गाउँका आसपास क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए । उनको वैशाख २५ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट सिधै घर गएका युवकको पछि रिपोर्ट आउँदा कोरोना सङ्क्रमण देखिएको छ ।
यसैबीच उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने सूचना अधिकारी ठाकुरले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति तथा उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ । लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
राजधानीको शङ्खरापुरमा एक विद्यालय एक योग शिक्षक
काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी...चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित...बर्दीमै तास खेल्ने १४ प्रहरीलाई कारवाही
सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई...टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब...भोलिदेखि सप्ताहव्यापी शहीद दिवस
काठमाडौं । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा...वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने
वाग्मती । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा...वाग्मती प्रदेशका तीन प्रहरी कर्मचारी निलम्बनमा
वागमती । सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय...आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल...नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब
काठमाडाै । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै...ओलीलाई लगाइएका अभियोगपत्र फिर्ता लिएमा पार्टी एकता हुन्छ : पौडेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेकपाका महासचिव महासचिव विष्णुप्रसाद...
