


बाँकेका पहिलो संक्रमित ब्यक्तिको दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ


-
-
बैशाख ३० गते, २०७७ - १०:२३

बाँके । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा पारस खड्काले जानकारी दिए । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ ।
यस्तै नेपाल–भारत सीमानाका जोडिएको जिल्लाको जमुनाहलगायत खुला सीमानाकामा लुकिछिपी नेपाल आवतजावत हुन नदिनका सीमा क्षेत्रको निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । जिल्लामा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि जिप्रकाले सीमाक्षेत्रमा आवागमनमा कडाइ गर्न सशस्त्र प्रहरीको निगरानी बढाइएको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला
भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...८० वर्षमा नागरिकता प्राप्त
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु
चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...
