Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हावाहुरीबाट क्षति भएका प्रहरीको जाँचचौकी निर्माणमा सहयोग गर्ने

कैलाली । आइतबार आएको हावाहुरीबाट कैलालीका सीमामा रहेका सशस्त्र प्रहरीको जाँचचौकीमा क्षति भएपछि धनगढी उपमहानगरपालिकाले सुरक्षाचौकी निर्माणमा सहयोग गर्ने भएको छ ।

कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट आउने व्यक्तिलाई सीमाबाट भित्रिन नदिन स्थापना गरिएका अस्थायी र स्थायी चौकीहरुमा हावाहुरीबाट क्षति भएपछि आफ्नो क्षेत्रमा पर्ने अस्थायी वा स्थायी जाँचचौकी निर्माणमा सहयोग गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

नगरप्रमुख नृपबहादुर वडले आवश्यकतानुसार उपमहानगरपालिका क्षेत्रमा पर्ने १३ वटै अस्थायी जाँचचौकी निर्माणका लागि बजेटको व्यवस्था गरिने बताए । “दशगजामा नै टेन्ट राखेर सशस्त्र प्रहरीले ड्युटी गरिराखेका छन्”, नगरप्रमुख वडले भन्नुभयो, “सबै स्थानीय सरकारले आफ्नो क्षेत्रमा पर्ने अस्थायी वा स्थायी जाँचचौकी निर्माणमा सहयोग गरेमा राहत पुग्ने देखिन्छ ।” प्रहरी उपरीक्षक कमलराज तिमिल्सिनाले विभिन्न समस्याका बीच पनि सीमामा आफूहरु खटिरहेको बताए।

एक सय एक किलोमिटर लामो दूरी भारतसँग जोडिएको कैलालीका सिमानामा ४२ अस्थायी चौकी र १२१ ड्युटी चौकीमा समेत गरी झण्डै ६०० सशस्त्र प्रहरी कार्यरत रहेको बताइएको छ । “अधिकांश ड्युटी चौकी पालमा रहेका छन्”, प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, “सीमा सुरक्षामा खटिएका प्रहरी हावाहुरी चल्न थालेपछि पाल जोगाउनतर्फ लाग्छन् बत्ती छैन, मोबाइल चार्ज गर्न पाइँदैन ।” पानीको धारा नजिक नभएकाले पानी लिन पनि कतिपय चौकीबाट करिब चारदेखि सात किमी टाढा जानुपर्ने बाध्यतासमेत रहेको बताइएको छ ।

श्रमिक वर्गलाई काममा आधारित राहत दिने नीति

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर परिवार पाल्ने श्रमिकलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिकाले काम दिएर राहत दिने नीति ल्याएको छ । उपमहानगरपालिकाले लकडाउन समयावधिमा दुईपटक राहत प्याकेज ल्याएर वितरण गरिसकेको भए पनि गरिब तथा मजदुर वर्गलाई अझै दैनिक उपभोग्य सामानमा कमी हुन थालेपछि काममा आधारित ज्याला दिएर राहत दिने नीति ल्याइएको बताइएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

हालसम्म श्रमिक तथा विद्यार्थी गरेर १३ हजार ३०७ परिवारलाई राहत वितरण गरेको उपमहानगरपालिकाले अब भने श्रमिकलाई काम दिएर कामवापतको पारिश्रमिक दिई राहत दिन थालेको नगरप्रमुख वडले जानकारी दिए। उनले भने, “दुई महिना विकास निर्माणका काममा अवरोध भएका कारण नगरमा भइरहेका विकासे काममा श्रमिकलाई सामाजिक दूरी कायम गरी कामवापत उनीहरुलाई उचित पारिश्रमिक दिनेछौँ ।”

लकडाउनका कारण घरमै बसिरहेका श्रमिकलाई परिचालन गरेर विकास निर्माण पनि गरिने र उनीहरुलाई पारिश्रमिक दिई आत्मनिर्भर बनाउन उपमहानगरपालिकाले यो निर्णय गरेको जनाइएको छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु लकडाउनका कारण स्वदेश फर्केपछि उनीहरुलाई पनि आफ्नै गाउँघरमा स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिम दिई काम गराउनुका साथै कृषि तथा अन्य व्यवसायमा प्रेरित गर्न पनि उपमहानगरपालिकाले योजना बनाएको प्रमुख वडको भनाइ छ ।

“तत्काल हामी श्रमिकलाई काम दिएर राहत उपलब्ध गराउँछौँ”, उनले भने, “लगत्तै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उनीहरुको मागबमोजिमको काम दिई स्वरोजगार बनाउन नयाँ प्याकेज ल्याउने छौँ ।” उपमहानगरपालिकाअन्तर्गतको विपद् तथा वातावरण व्यवस्थापन उपसमितिका संयोजक प्रेमसिंह विकका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म नगरका १९ वटै वडामा तीन हजार ९१७ क्विन्टल खाद्यान्न र त्यही मात्रामा दाल, चिनी, नुन, तेल, साबुनलगायतका राहत सामग्री वितरण गरिएको छ ।

उनले राहत लिन छुट रहेका परिवारलाई पनि उपमहानगरपालिकाले राहत वितरण गरिरहेको बताए । “हामी अझै पनि छुटेका परिवारलाई पहिचान गरेर राहत वितरण गरिरहेका छौँ”, संयोजक विकले भने, “कोही नछुटुन् र कोही नदोहोरिउन् भनेर नै हामी रातदिन राहत दिन खटिइरहेका छौँ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies