Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोना संक्रमण : उच्च जोखिममा उपत्यका

काठमाडौं । सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो । ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन् ।

ती सवारीमा कम्तीमा पनि तीन–तीन जना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या तीन हजार पुग्छ । एकजना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ । तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन ।

सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ । थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ । तर त्यतिले मात्रै पर्याप्त देखिँदैन ।

कतिपय मालवाहक सवारी उपत्यका प्रवेश गरेको दुई–तीन दिनपछि मात्रै बाहिरिने गरेका छन् । त्यसबीचमा उनीहरू कहाँ बस्छन् र कहाँ खान्छन् भन्ने अवस्थाबारे सरकारी निकायले चुस्त रेकर्ड राख्न सकेका छैनन् ।

‘अत्यावश्यक सामान बोकेका मालवाहक गाडी रोक्ने कुरा भएन तर उनीहरू भारतबाट आउने भएकाले बढी सचेत हुनु आवश्यक छ,’ उनले भने । उनका अनुसार यसका लागि प्रहरी एक्लैले मात्रै सक्दैन ।

सरकारले ठाउँठाउँमा चालकलाई खानेबस्ने व्यवस्था मिलाइदिनु पर्छ । उपत्यकामा सामान झारिसकेर उनीहरु बस्ने ठाउँको रेकर्ड पनि राख्नु आवश्यक छ । ‘प्रहरीले रेडर्क राखेको छ तर उनीहरुलाई कम्तीमा खानेबस्ने व्यवस्था मिलाइदिएको भए जोखिम महसुस हुने थिएन,’ एसएसपी ज्ञवालीले भने ।

पाँच दिनअघि उपत्यकामा जथाभावी सवारीसाधन प्रवेश गरेपछि गृह मन्त्रालयकै कर्मचारीहरू परिचालन गरेर ती सवारीलाई फर्काइएको थियो । त्यसयता प्रहरीले उपत्यका छिर्ने नाकाहरूमा थप कडाइँ गरेको छ ।

तर भिआइपी चढेर आएर गाडि र मालवाहक सवारीकै कारण उपत्यका कोरोना सर्ने हो कि भन्ने त्रास फैलिएको ललितपुरका सहायक प्रजिअ खिमराज भुसालले बताए ।

उनका अनुसार नाकाहरूमा कडाइ गरिए पनि उपत्यकामा भिआइपी र मालवाहक सवारीसाधन प्रवेश गरिरहेका छन् । यसकारण पनि उपत्यकामा संक्रमण फैलने त्रास देखिन्छ । ‘सबैभन्दा उच्च जोखिम भारतबाटै सामान बोकेर उपत्यका प्रवेश गर्ने सवारीबाट देखिन्छ, यसबारे ठोस उपाय निकालेर कार्यान्वयन गर्न आवश्यक छ,’ उनले भने ।

गृह मन्त्रालयले भने चालक र मालवाहक सवारीसाधन तुरुन्तै फर्कनुपर्ने भनेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चालकलाई तुरुन्तै फर्काउने गरिएको र बास बसे पनि सम्बन्धित निकायलाई जानकारी गराएर बस्नुपर्ने नियम रहेको बताए ।

‘सामान झारिसकेर त्यो सवारी सीधै फर्कनुपर्छ, अन्यथा हामीले प्रहरीलाई रेकर्ड राखेर कारबाही गर्न भनेका छौं,’ उनले भने । तर लामो दूरीमा सवारी हाँकेका चालकहरू भने उपत्यका प्रवेश गरिसक्दा थाकेर चुर हुने भएकाले सिधै फिर्ता नहुने महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए । उनले लामो दूरीमा सवारी हाँकेका चालकलाई दबाब दिएर तुरुन्तै फर्कनुस् भन्न अलि नसुहाउने बताए ।

‘सकेसम्म प्रहरीले उनीहरुको निगरानी राखेको छ तर ट्राफिक प्रहरीले मात्रै पनि सबै चालकहरूलाई पछ्याउन सक्दैन,’ उनले भने, ‘बरु चालकलाई सरकारले बस्ने ठाउँ तोकिदिने र उच्च निगरानी राख्ने गरे धेरै राम्रो हुन्थ्यो । ’ उनले पछिल्लो समय मिटिङ र भेलाका लागि भन्दै विभिन्न ठाउँबाट भिआइपीहरू उपत्यका प्रवेश गरिरहेको बताए ।

बिना काम ओहोरदोहोर गर्दा भीड

सरकारले आइतबारदेखि उपत्यकामा लकडाउन खुकुलो गरेसँगै चहलपहल बढेको छ । लामो समय घरभित्रै बसेका सहरवासी बाहिर निस्कन थालेका छन् । सुनसान बनेका सडक, पसल र भित्री गल्लीमा मानिसको भीडभाड बढेको छ ।

दुई दिनयता सहरको दृश्य र चहलपहल हेर्दा उपत्यकामा लकडाउन नभएको महसुस हुन्छ। तर सरकारले यस्तो चहलपहल हुनेगरी लकडाउन खुकुलो गरेको भने होइन । अत्यावश्यक सरकारी कार्यालय र उद्योग, खाद्यान्न पसल, कृषि सामग्री ढुवानीलगायत पक्षलाई ध्यानमा राखेर ससर्त निर्णयसहित उपत्यकालाई आइतबारदेखि खुकुलो पार्ने रणनीति अपनाइएको थियो।

यसको अर्थ कसैलाई पनि बिनाकाम बाहिर निस्कन दिइएको भने होइन। तर उपत्यकामा दुई दिनयता बाहिर निस्कने क्रम बढेको छ ।

लकडाउनमा कडाइ नगर्दा उपत्यकामा जथाभावी बाहिर निस्कने क्रम भने बढेको छ । लकडाउन गरेको लामो समय भएपछि जनजीवन र आर्थिक क्रियाकलापलाई मध्यनजर गर्दै सरकारले लकडाउन खुकुलो पारे पनि त्यसले झन् जोखिन निन्तिन सक्ने देखिने सरकारी अधिकारीहरू नै बताउँछन् ।

आइतबार बिना काम बाहिर निस्किएका १२ सय सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार प्रहरीले कडाइ गरे पनि अन्य दिनभन्दा आइतबारयता उपत्यकामा बाहिर निस्कनेको संख्या बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies