Khabar Dabali Logo
  January 18, Mon

भारतको वनवासाबाट आएका ७५ जना क्वारेण्टाइनमा

कञ्चनपुर । भारतको वनवासा क्षेत्रबाट सीमा नाकामा लुकिछिपि प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएको छ । गएराती सीमा क्षेत्रमा लुकिछिपि आएका सबैलाई नियन्त्रणमा लिई क्वारेण्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बताए । लुकिछिपि आउनेमा चार महिला समेत रहेका छन । उनीहरु भारतीय क्वारेण्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ ।

हावाहुरीका कारण घरमा क्षति

कञ्चनपुरमा हावाहुरीका कारण ७६ वटा घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संकलन गरेको विवरण अनुसार आइतवार साँझ आएको हावाहुरीका कारण स्थानिय बासिन्दाको घरको छाना उडाउनुका साथै घर भत्काएको छ ।

मानवीय र चौपाया क्षति भने भएको छैन । जिल्ला भरी ५० वटा विद्युतका पोल हावाहुरीका कारण ढलेका छन । विद्युतका पोल ढलेपछि हिजो साँझ देखि कञ्चनपुरको विद्युत सेवा ठप्प रहेको छ । एक वटा एनसेल टावर र एक वटा एफएम रेडियोका टावर हावाहुरीका कारण ढलेका छन ।

हावाहुरीकै कारण शुक्लाफाँटा नगरपालिकास्थित प्रहरीको विटनजिक रुख ढल्दा विट पुरै क्षतिग्रस्त भएको छ । हावाहुरीमा परेर बेदकोट नगरपालिका नयाँगाउका एक जना बालिका घाइते भएको र बालिकाको महाकाली अस्पतालमा उपचार भैरहेको छ । विद्युतका ढलेका पोल मर्मत गर्ने कार्य शुरु गरिएकाले आज साँझ सम्म बजार क्षेत्रमा अबरुद्ध विद्युत सेवा सुचारु गरिने नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण शाखाले जनाएको छ ।

बैशाख २९ गते, २०७७ - २०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब

काठमाडौ । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक...   

कोरोनाबाट विदेशमा तीन सय १९ जना नेपालीको निधन

काठमाडौ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार...   

आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौं । कोरोनाले बन्द रहेका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु अनजदेखि सञ्चालनमा आउने भएका...   

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्...   

नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु

काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण...   
जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात...   
इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top