


भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना


-
-
बैशाख २९ गते, २०७७ - १२:५४

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ ।
उनी अस्पताल भर्ना भएका उक्त अस्पतालले पुष्टि गरेको छ । सो समाचारको भारतीय काँग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ ।
पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षको हुन ।
पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।यसअघि पनि डा।सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उनको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।
यसपटक छाती दुखेपछि उहाँलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा।सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद छन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी समालेको छन् ।
यसैबीच उनका स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छने । उनले पूर्वप्रधानमन्त्री डा. सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छन् ।
मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा।सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिए भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
स्वरोजगार बन्दै पोर्चुगलका नेपाली
पोर्चुगल । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग...प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७ लाख भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी...फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण
खलङगा । पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने...नयाँबानेश्वरमा ३ लाख नगद तथा सुनका गरगहना चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर डेरा गरी बस्ने ललितपुर ईमाडोल घर भएका ४४ वर्षीय...जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ
झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई...होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जना पक्राउ
बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार...मध्यपुरथिमिमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु: भएन सनाखत
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको...छिमेकीको खुकुरी प्रहारबाट घाइते मगरको उपचारमा समस्या
सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी...प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल...
