Khabar Dabali Logo
  January 23, Sat

संसदमा गगन थापाको व्यङ्ग्य – ‘यस्तो सबल सरकार छ सीमा कसले मिच्ने’

काठमाडौं । काँग्रेसका सांसद गगन थापाले सरकारले जनताको व्यथालाई ध्यान नदिएको भन्दै व्यङ्ग्यात्मक बाल कवितामार्फत् आलोचना गरे । भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

यस्तो छ सांसद थापाले वाचन गरेको कविता
म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने

कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहात

गरिबलाई सम्मान छ गरिबलाई राहात

विदेशमा कोही पनि अलपत्र छैनन्

दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नी

हावादारी हल्ला हुन् ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नी दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा

दिन नविराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाउँला

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।

आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी

ओहो हामी नेपाली त सारै भाग्यमानी

आहो साह्रै भाग्यमानी म त भाग्यमानी ।।

बैशाख २९ गते, २०७७ - १२:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...   

राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...   

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...   

आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...   

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...   

भारतमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु...   
सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

काठमाडौँ । अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च...   

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...   

करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top