


कोभिड–१९ नियन्त्रण गर्न रुकूमपूर्वमा थप स्वास्थ्य सामग्री


-
-
बैशाख २९ गते, २०७७ - १०:५५

रुकूम । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न रुकुम (पूर्व) मा पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री पठाएको छ । प्रदेश नं ५ का विभिन्न जिल्लामा कोरोना सङ्क्रमित बिरामी बढ्दै जाँदा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आपूर्ति विभागले जिल्लालाई थप स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादवप्रसाद शर्माले ५ इन्फ्रारेड थर्मल गन, १० थान पिपिई र सात सय थान सर्जिकल मास्क आएको जानकारी दिए । कोरोना परीक्षणका यी सामग्रीसँगै परिवार नियोजनसम्बन्धी, बालभिटा र आरयुटिएफलगायत स्वास्थ्य सामग्रीसमेत जिल्लामा आएको उनले बताए ।
प्रदेश सरकारले पठाएका पाँच थर्मल गनमध्ये दुई जिल्ला अस्पताल रुकुम (पूर्व) लाई उपलब्ध गराउने र बाँकी ती स्वास्थ्य कार्यालयमै राखिने शर्माले बताए । प्रदेश सरकारले अबको दुई दिनमै आरडिटीका लागि किट पठाउने तयारी गरिरहेको प्रदेशसभा सदस्य ओलीले बताए । प्रदेश सरकारसँग नै किट अभाव भइरहेका बेलामा रुकुम (पूर्व)का लागि ८० थप किट पठाउन लागिएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा
कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा...मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै
मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर...केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...
