Khabar Dabali Logo
  January 23, Sat

ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या अभियोगमा थापा पक्राउ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए । बुबा मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए।

अभियुक्त कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए । अभियुक्त कुमारले प्रहार गरेको ढुङ्गाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो । प्रनाउ कुँवरका अनुसार छोराले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान दिएकी र छोरा कँुवरले पनि स्वीकार गरेका छन् ।

“अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ”, प्रनाउ कुँवरले भने । अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको बताइएको छ । घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरी मुचुल्का बनाई फर्किएको छ । घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुङ्गा प्रहार गरेको स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ ।

बैशाख २९ गते, २०७७ - १०:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...   

भारतमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु...   
सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

काठमाडौँ । अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च...   

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...   

करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९...   

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

कर्णाली । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक...   

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका...   

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु...   
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top