


गहुँ खरिद प्रक्रिया सुरू


-
-
बैशाख २९ गते, २०७७ - ०८:३१

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू गरेको हो ।
आजको गोरखापत्र दैनिकमा खबर छ – गत साता बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ तोकेको छ ।
सो कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले सरकारले तोकेको समर्थन मूल्यका आधारमा कम्पनीले गहुँ खरिद कार्य सुरू गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष धनगढीको टीकापुर, बर्दियाको राजापुर, रुपन्द्रहीको भैरहवा र बाँकेको नेपालगञ्जबाट गहुँ खरिद गरिने योजना रहेकामा हाल टीकापुर र राजापुरमा खरिद गर्न सुरू भइसकेको छ ।
यस वर्षको योजनाअनुसार टीकापुर र राजापुरबाट १र१ हजार मेट्रिक टन र भैरहवा र नेपालगञ्जबाट ५र५ सय मेट्रिक टन गहुँ खरिद गर्नेगरी प्रक्रिया सुरू भएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
उनले टीकापुर र राजापुरमा गरी अहिलेसम्म ३ सय ९१ मेट्रिक टन गहुँ खरिद गरिसके पनि भैरहवा र नेपालगञ्जमा कोरोना सङ्क्रमणको बढी त्रास भएकाले केही दिनपछि मात्रै खरिद सुरू गरिने जानकारी दिए । सो कम्पनीले यस वर्ष गहुँ खरिदका लागि ९ करोड ५ लाख रुपैयाँ रकम छुट्याएको छ ।
हाल गहुँ खरिदका लागि कम्पनीले तोकिएका स्थानबाट घटीबढी खरिद हुनसक्छ तर लक्ष्यअनुरूप खरिद नहुन्जेलसम्म निरन्तरता हुने कम्पनीका सूचना अधिकारी सुवेदीले बताए । यसअघि कम्पनीले २ लाख मेट्रिक टनभन्दा बढी धान खरिद गरिसकेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने
काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...भारतबाट थप १५ मेगावाट विजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...ओलीको बोली र व्यवहार फरक–फरक
काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान
काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...यसरी गरिँदैछ प्रचण्ड–माधव एकता
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...
