Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लिपुलेक अतिक्रमणको मुद्दा संसदमा : सरकारसँग सत्ता र प्रतिपक्षीका प्रश्नै प्रश्न

काठमाडौं । भारतले नेपाली भूमि हुँदै पिथौरागढदेखि तिब्बतको मानसरोवर जोड्ने सडक निर्माण गरेको विषयमा संसद्मा पनि विरोध भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सबै दलका सांसदले तत्काल कूटनीतिक तथा राजनीतिक पहल गरेर नेपाली भूमिमाथिको अतिक्रमण रोक्न सरकारसँग माग गरेका छन् ।
नेकपा सांसद भीम रावलले अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको बताए ।

‘यो अन्तर्रा्ष्ट्रिय कानुन, असल छिमेकी नीति र आजको सभ्य समाजविरुद्ध छ । त्यसकारण यो काम तुरुन्त बन्द होन् । नेपाली भूमिबाट भारतीय सेना फिर्ता होस्,’ उनले भने । सरकारले आफ्नो भूमि राखेर नक्सा प्रकाशित गर्न नसकेकोमा पनि रावलले आपत्ति जनाए ।

कांग्रेस सांसद गगन थापाले भारतीय हस्तक्षेपको भर्त्सना गर्दै सरकारलाई प्रश्न गरे । ‘केही समयअघि रक्षामन्त्रीले सो क्षेत्रको अवलोकन गर्नुभएको थियो । त्यो तीर्थयात्रा थियो रु थिएन भने उहाँले भ्रमणपछि सरकारलाई के जानकारी गराउनु भयो रु त्यसपछि सरकारले यसबीचमा के–के र्गयो रु’ उनले भने ।

भारतले लिपुलेकसहितको भूमि आफ्नो हो भनिसकेकाले अब खेद प्रकट गरेर मात्र नहुने थापाको भनाइ थियो । ‘हाम्रो भूमिको एक इन्च पनि तलमाथि भयो भने छाड्ने छैनौँ, भारतको यो दादागिरी र चीनको न्यायो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छ । सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ रु’ उनले भने ।

नेकपाका जनार्दन शर्माले अब ‘डिप्लोमेटिक नोट’ ले मात्रै काम नचल्ने बताए । ‘लामो समयदेखि चल्दै आएको समस्या समाधानका लागि डिप्लोमेटिक नोट मात्र काफी छैन । समग्र उपाय अपनाएर, सबै प्रमाणका आधारमा अगाडि बढ्नु पर्छ,’ उनले भने । १५ मे २०१५ मा भारतसँग गरेको सम्झौताका लागि चीनसँग पनि आपत्ति जनाउनुपर्ने उनको सुझाब छ ।

दार्चुलाबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सडक निर्माण गर्ने वेलादेखि चुप लागेको सरकार उद्घाटन गरेपछि निद्रापछि बिउँझिए जस्तो देखिएको व्यंग्य गरे । ‘चीन र भारतबीच सम्झौता हुँदा सुशील कोइरालाको सरकारले गम्भीर विरोध नोट पठाएको थियो ।

त्यतिवेलादेखि आज उद्घाटन हुने वेलासम्म सरकारले के–के नोट पठायो रु जानकारी चाहियो । यो सरकारलाई बाटो बन्दै थियो भन्ने जानकारी थिएन रु सूचना माध्यम समाप्त भएको हो रु’ बडूले भने । यसअघि पनि आफूले संसद्मै यो विषय उठाएको, तर सरकारले चासो नदिएको उनले बताए ।

जनता समाजवादीका सांसद महन्थ ठाकुरले पनि सरकारको आलोचना गरे । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकको सम्बन्धमा पटक–पटक आवाज उठेको छ, आन्दोलन भएको छ । त्यो सबैलाई जानकारी भएको विषय हो, तर समस्या समाधानका लागि के–के कदम चालियो रु’ ठाकुरको प्रश्न छ ।

कांग्रेस सांसद मीनेन्द्र रिजालले सीमा अतिक्रमण, एमसिसीलगायत गम्भीर विषयमा नेकपाका दुई मोर्चा भएर विरोध र समर्थन भइरहेको आरोप लगाए । ‘अब यो विषयमा पनि सरकार मोर्चा नै खडा गरेर बस्ने हो रु परराष्ट्रमन्त्री के गर्न चाहनुहुन्छ रु कहाँ सहयोग चाहनु हुन्छ रु’ उनले भने ।

जनमोर्चाकी दुर्गा पौडेलले भारतले डिप्लोमेटिक नोटलाई नटेरेको उल्लेख गर्दै यो समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् । ‘भारतले मिचेरै लैजान खोजेको देखियो । अबको अवस्थामा यसलाई अन्तर्रा्ष्ट्रियकरण गरेर जानुपर्छ, अन्तर्राष्ट्रिय अदालत जानुपर्छ,’ उनले भनिन् ।

नेमकिपाका प्रेम सुवालले पनि मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए । ‘सन् २००८ देखि भारतले नेपाली भूमि मिचेर निर्माण गरेको सडकबारे सरकारले के–के र्गयो रु अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिएको खै रु’ उनले भने ।

राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले लिपुलेकमा सडक निर्माण भइरहेको विषयलाई सरकारले लुकाएकोे आरोप लगाए । अढाई महिनाअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री लिपुलेक क्षेत्रको भ्रमण गरेर आएको बताउँदै उनले भने, ‘सरकार सीमा र सार्वभौमिकता जस्तो विषयमा उदासीन बनेको छ । ढाकछोप गरिरहेको छ ।’ जनता समाजवादीकी सरिता गिरीले यस विषयमा चीनलाई पनि डिप्लोमेटिक नोट पठाउनुपर्ने बताइन् ।

राष्ट्रिय हितका लागि सरकार दृढतापूर्वक अघि बढ्छ स् परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै समस्या समाधानका लागि सबै उपाय अपनाउने बताए ।

‘सबै प्रकारका कूटनीतिक प्रयासलाई प्रभावकारी ढंगले अगाडि बढाउने र नेपाली जनताको भावनाअनुसार नेपालको सार्वभौमिकता, राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितका लागि दृढतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने । उनले समस्या समाधानका लागि रचनात्मक भूमिका खेल्न सबैलाई आग्रह पनि गरे ।

भारतसँग राजनीतिक तहमा तत्काल वार्ता गर्नुपर्छ स् नेपाल
नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा तत्काल भारतसँग राजनीतिक तहमा वार्ता गर्नुपर्ने बताएका छन् ।

‘कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थामा मौका छोपेर गरिएको यस्तो कामबारे छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फ्रेन्सका माध्यमबाट तुरुन्तै कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौँ,’ उनले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्नका लागि नेपाल सरकारले दुईपटक पत्र लेखिसक्दा समेत त्यस विषयमा तदारुकता नदेखाई सार्वभौमसत्ता संकुचन हुने गरी कदम चाल्नुले थप गम्भीर बनाएको नेता नेपालले बताएका छन् ।

उनले नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णयलाई ध्यानमा राख्दै दृढतापूर्वक आवश्यक कदम चाल्न तथा आफ्नो मुलुकको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा प्रकाशन गर्न सरकारसँग आग्रह गरेका छन् ।

उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर स् देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सार्वजनिक रूपले अपिल गर्दछु,’ देउवाले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies