


कैलालीमा दिउँसै अन्धकार भएपछि सर्वसाधारण त्रसित


-
-
बैशाख २८ गते, २०७७ - २२:४२

कैलाली । कैलाली लगायतका जिल्लालाई प्रकृतिले आज दिउँसो अन्धकार भएको थियो । मौसममा आएको परिवर्तनसँगै आज अपराह्न आकासमा कालो बादल मडारिएर अन्धकार भएपछि सर्वसाधारण कुनै अनिष्ट निम्तिने हो कि भनेर त्रसित पनि देखिए ।
दिउँसै रात पर्ने यस्तो अचम्म यसअघि कहिल्यै देखिएको थिएन, स्थानीय डिल्लीराज भट्टले भने, “कोरोनाको सन्त्रासले सताइरहेका बेला भगवान्ले पनि किन यस्तो गरे होलान् ।” अँध्यारोका बीच पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आएको भीषण हावाहुरीले टायल र कर्कटपाताले छाएका घरका छान उडाई क्षति पुर्याएको छ । झण्डै आधा घण्टासम्म तीव्र गति वर्षासहित आएको आँधीबेहरीका कारण धनगढी उपमहानगरपालिकासहित कैलाली जिल्लामा विद्युत् आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाप्रमुख सुरेन्द्र चौधरीले आँधीका कारण पाँचवटै फिडरमा विद्युत् आपूर्ति बन्द गरिएकामा प्रसारण लाइनमा क्षति पुगे नपुगेका बारे जानकारी नआएको बताए । आँधीसँगै वर्षा भइरहेकाले विद्युत् नियमित गराउन समय लाग्ने चौधरीले बताए । आँधीले आँप लिचीलगायत फलफूलका हाँगा र दाना चुँडालेर ठूलो क्षति पुर्याएको छ । जिल्लामा आँधीबेहरीले पुर्याएको क्षतिका बारे जानकारी पठाउन मातहतका प्रहरी कार्यालयलाई निर्देश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
