Khabar Dabali Logo
  November 30, Mon

निको भएकालाई पनि पुनः किन देखिन्छ कोरोना ? यस्ता छन् कारण

पोजिटिभ देखिए पनि खतरा हुँदैन र अरुलाई सर्दैन । तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन र ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन ।

सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ पुरुषमा फलो अप जाँचको क्रममा कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको छ । यसबाट आम नागरिकमा अन्योलता देखिएको छ । यस्ता केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमा देखिएका छन् । यसका कारण देहाय बहोजिम छन् ।

– संक्रमणबाट निको हुने क्रममा वा निको भएको केहि समयमा भाइरस लिट्टर अर्थात निस्क्रिय भाइरसका कण र मृत कोष खोक्दा फोक्सोबाट घांटीमा निस्किन्छन् । जब कोरोना संक्रमण जांच गर्नको लागि घांटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन् । PCR टेस्ट संबेदनशील परिक्षण हो । त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ । त्यो टेस्टमा देखिएपनि अरु व्यक्तिलाई सर्दैन ।

– परिक्षणमा त्रुटी भएमा, परिक्षणमा प्रयोग भएका रसायनको गुणस्तर राम्रो नभएमा ती रसायनले भाइरसलाई चिन्न नसकिने बनाउन सक्छन् ।

– CDC कोरियाका निर्देशक जियांग ईन-क्योंगले भनेका छन् कि बिरामीहरू पुनः संक्रमित हुनुको सट्टा भाइरस “पुनः सक्रिय” भएको हुन सक्छ।

– फ्लोरिडा कलेज अफ मेडिसिनका प्राध्यापक इमेरेटस रिचर्ड कोन्डिट भन्छन्- “धेरै व्यक्तिहरूले के बुझ्दैनन् कि पीसीआरले केवल भाइरसको आनुवंशिक सामग्रीको परीक्षण गर्दछ र यो सक्रिय भाइरसको लागि मात्र होइन ” ।

– कोरियामा निको भएका २.१ % मा केहि हप्तापछि कोरोना संक्रमण पोजिटिभ देखिएको KCDC ले जनाएको छ । त्यस्तै चीनमा ५ – १० % मा निको भएको केहि हप्ता पछि पोजिटिभ देखिएको छ । ती मध्ये ४४ % मा सामान्य लक्षण देखिन्छन् ।

– परिक्षणको लागि प्रयोग हुने केमिकल, प्राबिधिकको क्षमता आदिले पनि रिपोर्टमा फरक पार्न सक्छ ।

– कोरोना परिक्षणमा प्रशस्तै फल्स पोजिटिभ र फल्स नेगेटिभ रिपोर्ट आउँछ । कहिलेकाहीं स्वास्थ्यकर्मीले बिरामीबाट पर्याप्त स्याम्पल लिएका हुँदैनन् । स्याम्पलको संकलन, सुरक्षण, परिवहन र परिक्षणमा बिशेष मेहेनत नगर्ने हो भने गलत रिपोर्ट आउन सक्छ ।

– पोजिटिभ देखिए पनि खतरा हुँदैन र अरुलाई सर्दैन । तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन र ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन ।

बैशाख २८ गते, २०७७ - १९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top