Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रोकिएन सीमाबाट नेपाल प्रवेश गर्ने क्रम

कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। उनले भने, ‘जिल्लामा सबै स्थानीय तह सक्रिय छन् तर सीमापारि आएर बसेका नेपाली नै मुख्य चुनौती भएको छ ।’

मर्यादपुर नाकामा २९०, भिल्मीमा २८६, कृष्णनगरमा २५९, हरदौना २०३, कोटरियामा १७०, चाकरचौडामा ११६, हथिहवामा ४७ र विजयनगरको सीमाबाट ३० नेपाली स्वदेश फर्किने पर्खाइमा रहेको स्थानीय पालिकाले जनाएका छन् । जिल्लामा दश पालिकाले तयार गरेको एक हजार ३६२ क्वारेन्टिनमा ८८१ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए । अहिलेसम्म १ हजार ११० को र्यापिड डायग्नोष्टिक टेष्ट भएको छ । उच्च जोखिममा भएकाले तीन क्वारेन्टाइन सञ्चालन गरेको मायादेवी गाउँपालिकाले त्यसको सङ्ख्या वढाएर १७ पु¥याउने निर्णय गरेको उपाध्यक्ष गीता तिवारीले बताए। पालिकाको दक्षिण क्षेत्र भारत उत्तर प्रदेशको अलिगढवा पर्छ । साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा मिलेर बनेको मायादेवीमा यतिबेला सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
भारतसँग २८ किलोमिटर सीमा जोडिएको विजयनगर गाउँपालिकामा यतिबेला जंगलको बाटो भएर नेपाल प्रवेश गर्नेहरुलाई रोक्न प्रशासनलाई हम्मेहम्मे परेको छ । गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले भने, ‘जंगलबाट फर्किएका ७७ लाई त्रिनेत्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका छौंँ ।’ गाउँपालिकाले दूधधारी मावि, हरिबोध प्रावि, रामशरण प्रावि, लौटनराम दौपदी मावि र त्रिनेत्र आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिलेसम्म १५७ छन् ।

जिल्लाका कृष्णनगर नाकाबाट पनि स्वदेश फर्कने क्रम नरोकिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए। नगरप्रमुख शाहले भने, ‘हामी अत्यन्तै तनावमा छौंँ, जसोतसो गरिरहेका छौंँ र उताबाट आउनेलाई विद्यालयमा पाल टाँगेर राखेका छौंँ ।’ कृष्णनगर नाकाको बढ्नीमा चौबीसै घन्टा रेल चलिरहेकाले भारतका विभिन्न ठाउँबाट नेपाली आइरहेको शाहले बताए।

जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिकामा तीन क्वारेन्टिनमा १०२ छन् । ती सबै भारतबाट लुकिछिपी आएका हुन । नगरपालिकाका प्रमुख किरन सिंहका अनुसार तौलिहवास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएका सबै भारतबाट आएका हुन् । शिवराज नगरपालिकामा बाहिरबाट आएकालाई तीन क्वारेन्टिनमा राखिएको नगर उपप्रमुख शिवकुमारी चौधरीले बताए। उनका अनुसार सुन्दरीडाँडा वडा नम्बर ९ को प्रकाश माविमा १०, वडा नम्बर ५ को दुर्गा मन्दिरको धर्मशालामा सात र वडा नम्बर ३ को पुरानो छाला फ्याक्ट्रीमा निर्माणाधीन सुपा देउराली रिसोर्टमा २६ छन् ।

वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुका अनुसार सिद्धार्थ क्याम्पसमा पाँचलाई राखिएको छ । उनले भने ‘पहिले वडावडामा राखेका थियौंँ । अहिले सिद्धार्थ क्याम्पसमा मात्रै राख्न थालेका छौंँ’, महाराजगञ्ज नगरपालिकामा ७८ जनालाई क्वारेन्टिनमा राखिएको छ । उक्त नगरपालिकामा ११ क्वारेन्टिन बनाएर मानिस राखिएको नगर प्रमुख अब्दुल कलामले बताए। बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध मावि गोरुसिँगेको क्वारेन्टिनमा १७५ जना रहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए। यशोधरा गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले सीमाबाट भीड बढ्दै गएकामा चिन्ता व्यक्त गरे।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमदका अनुसार भारतमा रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रमा समस्या बढेको छ । हिजोदेखि धेरै चाप बढेको छ । पहिले ९० थिए । भारतमा रेल चल्न थालेपछि मान्छे बढ्न थालेको उनले बताए । उक्त पालिकाका पुड्केश मावि वगदी, अनुराग प्रावि ठूलो नन्दनगर, मदारगढ मावि, असुरैनाको प्रावि, रामउजागिर प्रावि, दोहनीमा रहेको सञ्जय ईश्वरचन्द्र निमावि र कर्मा प्राविमा क्वारेन्टिन बनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies