Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

उपत्यकामा सवारी सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत दोब्बर

काठमाडौ । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ ।

डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए ।
उनका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा पाँच हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल चार हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ । त्यस्तै आठ हजार चार सय किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ ।

क्षमता हुँदा हुँदै पनि भरी मात्रामा तेल राख्न नमिलेका कारण ट्याङकरमै तेल राखिएको उनले जानकारी दिए । उनका अुनसार हाल तीस ट्याङकरमा पेट्रोल र एक सय ट्याङकरमा डिजेल डिपोमा राखिएको छ । लकडाउनअघिसम्म काठमाडौँ उपत्यकामा मात्र दैनिक छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुँदै आएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies